नर्थक्यारोलिना राज्य सरकारका अधिकारीहरूद्वारा नेपाली समुदायसंग भेटघाट

३१ श्रावण २०७०, बिहीबार ०२:०३ मा प्रकाशित

ऊत्तम सेंढाई, वाशिंगटन डिसी। मोरिस्भिल, नर्थक्लारोलिनाका सफल नेपाली व्यवसायी रविन्द्र कार्कीको निमन्त्रणामा नर्थक्लारोलिना स्टेट सेक्रेटरी अफ स्टेट एलान मार्शल उहाँको निवासस्थानमा आउनु भएको थियो । सो अवसरमा उक्त शहरको पहिलो निर्वाचित महिला मेयर हालका टाउन काउन्सिल मार्गरेट ब्रोड्वेल लगायत यस सहरका आगामी चुनाबका लागि मेयरका प्रत्यासी, हालका बहालवाला टाउन काउन्सिलहरु मार्क स्टोहलम्यान , स्टिभ राव, माइकल सच्लिंक पनि ऊपस्थिती थियो । साथै उक्त समारोहमा नेपाली समुदाय अफ नर्थ क्यारोलिना का हालका प्रेसिडेन्ट शैलेन्द्र देवकोटा, भुतपुर्ब प्रेसिडेन्टहरु: ईश्वोर देवकोटा, नगेन्द्र न्यौपाने, अरुण धितालका साथै अन्य गन्य मान्य ब्यक्तीहरूको पनि उपस्थिति थियो ।
एनसीएनसीका भुतपुर्ब अध्यक्ष ईश्वर देवकोटाले सेक्रेटरी अफ स्टेटलाई स्वागत गर्दै नर्थ क्लारोलिनाको नेपाली कम्युनिटीको बारेमा बोल्नुभएको थियो । उहाँले सेक्रेटरी अफ स्टेटको खुलेरै प्रसंसा गर्दै उहाँलाई यसरि स्वागत गर्न पाएकोमा आफुहरु सारै नै खुसि तथा गौरवान्वित भएको बताउनुभयो । टाउन अफ मोरिसभिलका पहिलो निर्बाचित महिला मेयर हालका टाउन काउन्सिलमार्गरेट ब्रोड्वेलले नेपाली कम्युनिटीको बारेमा आफुले यसरि नजिकबाट जान्न पाउदा सारै नै खुसि लागेको बताउनुहुदै टाउन अफ मोरिसभिलको छोटो ईतिहास बताउनु भएको थियो ।

उक्त कार्यक्रममा करिब २० मिनेट भन्दा बढी समय सेक्रेटरी अफ स्टेट एलन मार्शल बोल्नु भएको थियो . सेक्रेटरी अफ स्टेटले आफ्नो सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै आफ्नो सम्बोधनमा नेपाल र नर्थ क्लारोलिना बीच द्विपक्षीय सम्बन्धको पक्ष उल्लेख गरेका थिए । उहाँले यो भेटघाटबाट आफू निकै खुसी रहेको र आगामी दिनहरूमा पनि यस्ता खाले भेटघाट जारी राखिने बताउनुको साथै काउन्सिल स्टिभ रावले नेपाली समुदायमा गर्न खोजेको योगदान र भूमिकाकोबारे प्रसंसा गर्नुभयो ।

सो अवसरमा टाउन काउन्सिल स्टिभ रावले मन्तव्य राख्दै नर्थ क्लारोलिनामा नेपालीहरूको बढ्दो जनसंख्याले आफूहरूलाई सजिलो र खुसी तुलायाको बताउदै उहाँले टाउन काउन्सिलहरुसँग सहकार्य गरि सेक्रेटरी ओफ स्टेटलाई आफ्नो निवासमा निमन्त्रणा गर्नु भएकोमा व्यवसायी रविन्द्र कार्कीलाई धन्यवाद दिनुभयो । बैठकको अंतिममा एनसीएनसीका वर्तमान प्रेसिडेन्ट शैलेन्द्र देवकोटाले आफ्नो छोटो मन्तब राख्दै एनसीएनसीको तर्फबाट सेक्रेटरी ओफ स्टेट एल्लन मार्शललाई उपहार प्रदान गर्नु भयो । उपहार समारोहमा उहाँको साथमा एनसीएनसी को सेक्रेटरी सिसिर खनाल, बोर्ड सदस्य माधव भट्टराईको साथै दीपा दवाडी पनि हुनुहुन्थो । बैठकपछि एनसीएनसीका बोर्ड सदस्य रविन्द्र कार्कीले उहाँकै निबासमा सहभागीहरूको सम्मानको लागि रात्रि भोजको आयोजना समेत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न