काठमाडौं सरसफाई अभियान आज सकिदै

३० चैत्र २०६८, बिहीबार १०:१३ मा प्रकाशित

काठमाडौ, ३० चैत । राष्ट्रिय स्वयंसेवा अभियान–२०६८ अन्तर्गत सुरु गरिएको काठमाडौं सरसफाई अभियान आज सकिदैछ । सरसफाईको अन्तिम दिन आज वागमती नदीको सरसफाई भइरहेको छ । काठमाडौंको तिलगङ्गा नजिकैको बागमति नदी सफा गरेर प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज बिहान नदी सफाईको सुरुवात गर्नुु भएको छ । अभियान अन्तर्गत हिजो विष्णुमतिको सफाई गरिएको थियो । गएको २४ गते सुरु भएको सरसफाई अभियानको क्रममा काठमाडौं महानगरपालिकाका ३५ वटै वडाका टोल, सडक, गल्ली, खुल्लास्थलको सरसफाईको काम अन्तिम चरणमा पु¥याइएको काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताउनुभयो । अभियान कार्यक्रममा स्वयंसेवकको सहभागिताका लागि एक निर्देशन समिति, महानगरपालिकामा एक कार्यक्रम कार्यान्वयन समिति, वडामा कार्यक्रम कार्यान्वयन इकाइ सहितको तीन समितिहरू गठन गरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको