हस्तदन्ते गमलाको अवैध कारोवार

३० श्रावण २०७०, बुधबार १८:२१ मा प्रकाशित

काठमाडौं, ३० साउन । हात्तीको दाह्राबाट निर्मित गमला अवैध ओसारपसार तथा विक्री बितरण गर्ने कार्यमा संलग्न एक तिब्बतियनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बौद्ध बस्ने ल्हासाका ४५ बर्षीय रिन्चिन लामा, नुवाकोट जिल्ला खड्कभन्ज्याङ घर भएका ३७ बर्षीय रामशरण खतिवडा, मातातिर्थ बस्ने ३२ बर्षीय रामकुमार श्रेष्ठ, नैकाप बस्ने ३७ बर्षीय सुन्दर भन्ने सुरेन्द्र लाल श्रेष्ठ, अर्घाखाँची जिल्ला ठाडा घर भएका ३९ बर्षीय पशूपति बेलवासे, काठमाडौँ बागवजार बस्ने ४९ बर्षीय नारायण खड्गी र भक्तपुर नगरपालिका टौमढी बस्ने ३७ बर्षीय ज्योति जंगम रहेका छन् । 
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई साउन मातातिर्थ गाविस–४ स्थित सुन्दर भन्ने सुरेन्द्रलाल श्रेष्ठको घरबाट हात्तीको दाह्राले बनाएको गमला ५ फिट ३ इन्चको १ थान र निजकै नैकापस्थित श्याम हेण्डीक्राप्mट पसलबाट सोही किसिमको गमला १ थान सहित पक्राउ गरेको थियो ।
यसैबीच, नेपाल टेलिकमको टावरमा प्रयोग हुने व्याट्रीहरु चोरी गर्ने भारत मोतियारी घर भएका २२ बर्षीय सुबोद कुमार जैसवाल, भारत विहार घर भएका २४ बर्षीय दिलिप शाह र धादिङ जिल्ला मैदी–६ घर भएका २८ बर्षीय गोपाल नेपालीलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको प्रहरी टोलीले पक्राउ गरी पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–३५ सेतीओपी मार्गमा रहेको सुर्यलाल तुसुजुको चार तले घरको २ वटा कोठा नेपाल टेलिकमले मोवाइल टावर प्रयोजनको लागि भाडामा लिएकोमा टावरमा प्रयोग हुने २ भोल्टको ८ सय एम्पियरको व्याट्री १९ थान चोरी गर्द ैरहेको अवस्थामा उनीहरुलाई प्रहरीले र बा.३ च ४०४२ नम्वरको टाटा गाडीसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुसंग सोधपुछ गर्दा बिगतमा पनि विभिन्न स्थानमा चोरी गरेको र चोरी गरेको सामानहरु काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित नन्दकिशोर जैसवालको कवाडी पसल र ललितपुर उपमहानगरपालिका–२ सानेपा स्थित मुन्ना जैसवालको कवाडी पसलमा राखेको भन्ने बताएपछि खटिएको प्रहरी टोलीले बल्खु स्थित नन्दकिशोर जैसवालको पसलबाट नेपाल टेलिकमको लोगो भएको २ भोल्टको ७ सय एम्पियस व्याट्री २३ थान, प्लाष्टिक कभर भएको तार ९ किलो, व्याट्री राख्ने सेतो रंगको स्ट्याण्ड ठूलो ५ र सानो ५ थान तथा ललितपुर सानेपा स्थित मुन्ना जैसवालको कवाडी पसलबाट एसी पाइप २ रोल, २ भोल्टको व्याट्री ९५ थान, अर्थिङरड १ थानलगायत सामग्री बरामद गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्