जाजरकोटमा चामल राख्न गोदामको अभाव

३० चैत्र २०६८, बिहीबार १०:१२ मा प्रकाशित

जाजरकोट, ३० चैत । नेपाल खाद्य संस्थानको शाखा कार्यलय जाजरकोटमा खाद्यान्न राख्न गोदामको अभाव भएको छ । खलंगा गाविस वडा नं २ थाप्लेमा रहेको एक कोठे भवनमा खाद्यान्न नअटाएकाले गोदामको अभाव भएको हो । संस्थानको गोदाममा १ हजार क्विन्टल मात्र चामल अटाउन सक्ने क्षमता भएको नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख रणबहादुर ऐरले जानकारी दिनुभयो । हाल संस्थानको शाखा कार्यालय खलंगाबाट मोटो, मसीनो र जापनी गरी हप्तामा २५ क्वीन्टल चामल वितरण हुँदै आएको छ । जाजरकोटमा ढुवानी भएको सबै चामल संस्थानको गोदाममा नअटाएकाले खलंगा २ थाप्लेकै एक घरको कोठा भाडामा लिएर चामल राख्दै आएको कार्यालयको भनाई छ ।
यसैबीच जिल्लामा उत्तरी भेगहरुमा उत्पादन कम हुने भएकाले त्यस क्षेत्रका नागरिकहरु संस्थानकै चामलको भर पर्नुपर्ने बाध्यता रहेको छ । तर जिल्ला सदरमुकामभन्दा बाहिर ४ वटा मात्र डिपो रहेको र त्यसमा पनि भनेको बेला चामल नपाउँदा समस्यामा स्थानियबासिन्दाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से