वृन्दालाई राजदूत बनाउन घुँडा धसे इश्वरले

३० श्रावण २०७०, बुधबार १२:२४ मा प्रकाशित

काठमाडौं, ३० साउन । एमालेनिकट मानिएका तर खिलराज रेग्मीका नातेदार भएकोले मन्त्रिमण्डलमा छानिएका परराष्ट्रमन्त्री माधव घिमिरेले रिक्त राजदूत पदमा पनि अवकाश प्राप्त कर्मचारीको नाम सिफारिस गर्न दलका नेताहरूलाई सुझाउन थाल्नुभएको जानकारी प्राप्त भएको छ । भारतलगायत केही मुलुकमा राजदूत रिक्त रहेको र यसक्रममा दलका नेताहरूले आफूखुसी विभिन्न व्यक्तिको नाम सिफारिस गर्न थालेपछि मन्त्री घिमिरेले नेताहरूलाई ‘त्यस्तो’ आग्रह गरेको बुझिएको छ । गाविस अध्यक्ष, नगरप्रमुख, जिल्ला विकास समितिको सभापति र संवैधानिक निकायदेखि सरकारसम्म कर्मचारीले चलाइरहेका बेला राजदूतमा समेत कर्मचारी पृष्ठभूमिका व्यक्ति खोजिनु अस्वाभाविक भए पनि घिमिरेले चाहिँ कुनै अप्ठ्यारो नमानी आग्रह गरेको जानकारीमा आएको छ । राजदूतका निम्ति विभिन्न नेताहरूले विभिन्न व्यक्तिको नाम बोकेर हिँडिरहेका बेला नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पनि दुई नाम बोक्नुभएको र परराष्ट्रमन्त्री घिमिरेसम्म पुर्‍याउने काम गर्नुभएको बुझिएको छ । घिमिरेनिकटको सूत्रले दिएको जानकारीअनुसार पोखरेलले आफ्नी पुरानो मित्र एवम् पूर्वसचिव वृन्दा हाडालाई राजदूत बनाउन घुंडै धसेर लागिपरेका र मन्त्रीसमक्ष विशेष आग्रहका साथ सिफारिस गर्नुभएको छ । उहाँले कुनै कारणवश वृन्दालाई बनाउन नसकिएमा आफ्ना साढु गोविन्द कुसुमलाई बनाउन उपयुक्त हुने पनि सुझाउनुभएको छ । आफ्नो यस किसिमको प्रस्ताव पोखरेलले पार्टी नेताहरूको अनौपचारिक बैठकमा समेत प्रस्तुत गर्नुभएको बुझिएको छ । लामो समयदेखि विभिन्न पदीय जिम्मेवारीका निम्ति एमालेसँगै जोडिएर चर्चामा आउने गरेका उदय नेपाली श्रेष्ठलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ने अधिकांश एमाले नेताहरूको धारणा छ । तर, नेता पोखरेलले उदय नेपालीलाई छिड्के हान्दै आफ्ना निकटस्थलाई नियुक्त गर्न प्रस्ताव गरेकोले अन्य नेताहरू असन्तुष्ट बन्न पुगेका छन् ।
स्मरणीय छ, महासचिव ईश्वर पोखरेलले केहीअघि मात्र सचिव पदबाट अवकाश भएकी आफ्नी मित्र वृन्दा हाडालाई दुई साता अगाडि एमालेको सङ्गठित सदस्यता दिलाउनुभएको छ । एमालेको विधानमा कुनै व्यक्तिले साधारण सदस्यता लिएको दुई वर्ष नभई सङ्गठित सदस्यताका लागि आवेदन दिनसमेत नसकिने व्यवस्था भए पनि पोखरेलले पोलिटब्युरो बैठकबाट निर्णय गराई वृन्दा हाडा र डा. दुमन थापालाई पार्टीको सङ्गठित सदस्यता दिलाइदिनुभएको छ । सदस्यता दिलाउनबित्तिकै पोखरेलले वृन्दालाई राजदूत बनाउने रहर गर्नुलाई एमालेभित्र चर्चाको विषय बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्