समायोजनमा रहेको विवाद मिलाउन कार्यदलको छलफल सुरु

३० चैत्र २०६८, बिहीबार १०:११ मा प्रकाशित

काठमाडौ, ३० चैत । समायोजन रोजेका माओवादी लडाकुहरुलाई नेपाली सेनामा समायोजन गर्नेबारेमा उत्पन्न विवाद मिलाउनेगरी खाका बनाउने जिम्मा पाएको कार्यदलले छलफल थालेको छ ।  माओवादी लडाकु रेखदेख समायोजन तथा पुनस्थापना विशेष समितिको सचिवालयको कार्यालय नयाँवानेश्वरमा जारी बैठकमा नेपाली सेनाको मातहतमा गठन हुने महानिर्देशनालयको संरचना, लडाकुले पाउने तह, छनौट समितिको स्वरुप तथा तालिमको बारेमा छलफल हुने कार्यदलका सदस्य एमाले नेता भीम रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभर छलफल गरेर कार्यदलले तयार पारेको सहमतिको खाका भोलिबस्ने विशेष समितिको बैठकमा पेस गरिनेछ । हिजो बसेको प्रमुख दलहरुको बैठकले लडाकु समायोजनबारे दलहरुबीच जारी विवादमा सहमतिको खाका प्रस्तुत गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा एकीकृत माओवादीबाट वर्षमान पुन,नेपाली काङ्ग्रेसबाट डा मिनेन्द्र रिजाल, नेकपा एमालेबाट भीम रावल र मधेसी मोर्चाको तर्फबाट फोरम लोकतान्त्रिकका जीतेन्द्र देव हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा