प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

३० चैत्र २०६८, बिहीबार १०:०९ मा प्रकाशित

काठमाडौ, ३० चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । देशको शान्ति प्रक्रिया, संविधान लेखन र आर्थिक समृद्धि लगायतका विषय समेटेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने तयारी भइरहेको प्रधानन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट साँझ सवा ६ बजेपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । शान्तिप्रक्रियाको मुख्य काम माओवादी लडाकु, हतियार र शिविर नेपाली सेनाको मातहतमा आएपछि संविधान लेखनको काम सजिलै अघि बढ्ने सङ्केत देखिएको बेला प्रधानमन्त्रीले देशवासीको नाममा आज सम्वोधन गर्न लाग्नुभएको हो । शान्ति प्रक्रिया टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेकोले अव दलहरुको ध्यान संविधान निर्माणमा केन्द्रीत गर्नुपर्ने, आर्थिक विकासको लागि सरकारको तर्फबाट भइरहेको तयारी लगायतका बिषय प्रधानमन्त्रीको सम्बोधनमा उल्लेखहुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप