वैद्यका ‘कर्मचारीहरू’बीच फाटो

२८ श्रावण २०७०, सोमबार २१:२२ मा प्रकाशित

काठमाडौ, २८ साउन । नेकपा–माओवादी निकट कर्मचारी संगठन राष्ट्रिय कर्मचारी संगठन निजामति केन्द्रीय समितिले संगठनका पूर्व अध्यक्ष महादिप पोखरेललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । संगठनको आईतवार सम्पन्न महाधिवेशन भाँड्न बाहिर संगठनको गरिमामा आँच पुग्ने गरी उच्छृंखल र अनुशासनहीन गतिविधी गरेको आरोप लगाउँदै पोखरेललाई निस्कासन गरेको हो । संगठनको महाधिवेशन निर्णय र सर्वसम्मत चयन नयाँ कार्यसमितिलाई सार्वजनिक गर्न आयोजित सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो । 
महाधिवेशनले दयाराम बस्यालको अध्यक्षतामा कविराज न्यौपाने, तप्तबहादुर आचार्य, शेखरचन्द्र केसी, शुभनारायण यादव, नारदमणी साङपाङ, अम्बिका धमला र दिनेश श्रेष्ठ उपाध्यक्ष, प्रभासप्रसाद साह महासचिव, डिलाराम खनाल, महिबुल अन्सारी र शेरबहादुर खड्का सचिव, सन्तोषकुमार झा कोषध्यक्ष रहेको ८३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष बस्यालले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन गरौँ भन्दा महाधिवेनबाट बाहिरिएर बाहिर संगठनको बदनाम गर्ने काम गरेकोले पूर्वअध्यक्षलाई कारवाही गर्नु परेको भन्दै पूर्व अध्यक्ष पोख्रेलले आफ्नो नेतृत्वमा ८५ सदस्यीय पुरानै समिति कायम रहेको भनि गरेको प्रचारको खण्डन गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्