‘पौडेलको दिल्ली यात्रा उपचारकै लागि मात्र’

२८ श्रावण २०७०, सोमबार १६:५२ मा प्रकाशित

काठमाडौं, २८ साउन । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलेको नयाँ दिल्लीस्थित एम्स् अल इन्डिया मेडिकल इन्स्टिच्युट अस्पतालमा स्वास्थ्य जाँच भएको छ । सोमबार विहान भएको जाँचपछि चिकित्सकले औषधी दिई दुई दिन प्रतीक्षा गर्न सुझाव दिएका छन् । 
पायल्सको समस्यापछि शल्यक्रिया गरेपनि इन्फेक्सन भएपछि दिल्ली पुगेका पौडेललाई इन्फेक्सन रोक्न औषधी दिइएको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए । पाण्डेकाअनुसार दुई दिन औषधी सेवनपछि पौडेलको थप उपचारका लागि चिकित्सकले प्रक्रिया थाल्ने छन् ।
पौडेल आइतबार उपचारका लागि नयाँ दिल्ली आइपुग्नुभएको हो । उहाँ स्वस्थ भएपछि मात्र काठमाडौं फर्कने हुनुभएको छ । पौडेलले भ्रमण स्वास्थ्योपचारमा मात्र केन्द्रित रहेको स्पष्ट पार्नुभयो । उहाँले शुभेच्छुक र समर्थकहरूलाई स्वास्थ्यलाभको कामना गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै स्वस्थ भई नेपाल फर्केर देशको शान्ति, विकास र स्थायित्वमा निरन्तर योगदान दिने बताउनुभयो । पौडेलको नयाँ दिल्ली यात्रालाई राजनीतिक कोणबाट हेरिए पनि अस्वस्थ पौडेलको भ्रमण स्वास्थ्योपचारमा मात्र सिमित हुने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।