के प्रेमचक्कर चलाउनु ! -सुष्मा कार्की

३० चैत्र २०६८, बिहीबार ०४:५२ मा प्रकाशित

सुष्मा कार्कीको छवि बदलिएको छ । हिजोकी सिम्पल नायिका अहिले बोल्ड नायिकामा दरिएकी छिन् । ‘मेरो एउटा साथी छ’ चलचित्रमार्फत रजतपटमा ‘डेब्यु’ गरेकी सुस्मा पछिल्लो समयमा आइटम डान्समा समेत जम्न थालेकी छिन् । उनले अहिले प्रदर्शन भईरहेको चलचित्र ‘लुट’मा पनि आइटम डान्स गरेकी छिन् । यो आइटम डान्सबाट उनले ‘उध्रेको चोली’को उपमा समेत पाएकी छिन् । बेलाबेला प्रेम चक्करको विषयमा समेत विवाद र चर्चामा आउने गरेकी सुष्मासँगको कुराकानीः

हिजोआज के गर्दै हुनुहुन्छ ?
भर्खरै कतार र मलेसियादेखि फर्किएँ । ‘मेरो जीवन साथी’मा पनि काम गरिरहेकी छु । साथै म्युजिक भिडियोहरुमा पनि काम गर्दैछु ।

पछिल्लो समयमा तपाइँको नाम आइटम नम्बरको रुपमा आएको छ नि ?
हो, मैले आइटम गीतमा पनि डान्स गर्दै आएकी छु । तर म पूरै आइटम गर्ल भने होइन । तैपनि आइटम डान्स गर्न भने मन पराउँछु ।

बोल्ड नायिका पनि भन्छन्, यसो भन्दा कस्तो लाग्छ ?
खासै बोल्ड छुइँन जस्तो लाग्छ । केही गीतमा बोल्ड नृत्य गरेकी छु । तर अरुले भनेजति बोल्डचाहिँ होइन । धरेजसो त साधारण नै गरेकी छु । त्यसैले साधारण नायिका नै हुँ ।

चलचत्रि क्षेत्रमा प्रवेश कसरी भयो ?
अचानक प्रवेश गरेकी हुँ । चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरेपछि मेरो यो क्षेत्रमा प्रवेश भएको हो । अभिनयको लागि अफर आएपछि लागेकी हुँ । चलचित्र क्षेत्रमै लाग्छु भनेर सोचेकी पनि थिइँन ।

तपाइँको बुझाइमा ग्ल्यामरस के हो ?
म अहिले ग्ल्यामरस छैन । अब दुई वर्षपछि भने मेरो ग्ल्यामरस दर्शकले देख्न पाउँनेछन् । अहिलेसम्म त सिम्पल नै छु । अर्को कुरा ग्ल्यामरस भनेको हेराइमा फरक पर्ने हो । देख्नेले साडीमा पनि ग्ल्यामरस नै देख्छन् ।

त्यसोभए, सुस्मालाई दुई वर्षपछि झनै ग्ल्यामरस देख्न पाइने भयो ?
मैले त्यसो भन्न खोजेकी होइन । देख्न पनि सक्नुहुन्छ, नदेख्न पनि । त्यो समयको माग हो । अहिले नै भन्न सकिन्न । अहिले त म ग्ल्यामरस छैन । सायद त्यो समय आएपछि आफैं हुने कुरा हो ।

बलिउड छिर्ने तपाइँको योजना छ भन्ने सुनिन्छ नि ?
पहिले एकपटक सोच बनाएकी हुँ । अहिले छैन । भविष्यको कुरा भविष्यमै हुन्छ । मेरो मात्र होइन, सबै नायिकाको बलिउड छिर्ने मन हुन्छ ।

नायिकाहरुको अन्तिम विकल्प निर्मात्री बन्नु जस्तै देखिन्छ, तपाइँको विचार चाहिं के छ ?
अहिलेसम्म त्यस्तो केही सोचेकी छैन । अझैपनि १५/२० वर्ष त नायिका नै रहन्छु । भर्खर २१ वर्ष हुँदै छु । राजेश हमाल अहिलेसम्म नायक भएर खेल्दा हुने, मैले त्यो बेलासम्म नायिका हुन किन नपाउने ? त्यसैले अझै २० वर्ष नायिका नै रहन्छु । त्यसपछि सोचौंला ।

प्रेम चक्कर च चलाइरहनु भएको होला नि ?
छैन । के प्रेमचक्कर चलाउनु नि । मनै छैन, प्रेम चक्कर चलाउने ।

किन निराश भएजस्तो छ नि ?
हा.. हा.. हा..। किन निराश हुनु नि । कसैलाई विश्वास गर्ने समय नै छैन ।

एकजना निर्देशकसँग तपाइँको चक्कर चलेको खुबै हल्ला थियो नि ?
त्यतिखेर थियो, अहिले छैन । त्यहीबेला सुन्नुभएको होला ।
प्रस्तुतिः एमपी सुब्बा (www.filmnepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले