हिन्दु राष्ट्र र राष्ट्रिय स्वाभिमानका लागि ‘एक घर एक राष्ट्रिय झण्डा’ अभियानको उदघोष

२८ श्रावण २०७०, सोमबार १०:३१ मा प्रकाशित

केएल गुप्ता, पर्सा, २८ साउन । राष्ट्र, राष्ट्रियता तथा स्वाभिमानको रक्षार्थ हरेक नेपालीको मन, मष्तिस्क र मुटुमा नेपालीपनको अभाष गराउने भन्दै राष्ट्रिय शिवसेना पार्टीले यस बर्ष २०७० साललाई राष्ट्रियता जनजागरण अभियानको रुपमा मनाउन लागेको सो पार्टीका केन्द्रिय अध्यक्ष बिक्रम वहादुर बमले जनाएका छन् । अभियानबारे जानकारी दिन आयोजित कार्यक्रममा पर्सा जिल्लाका अध्यक्ष बच्चु सिंह हसमुदिन हवारी र जादो साह सोनार लगायतका जिम्मेवार कार्यकर्ताहरुलाई अध्यक्ष वमले अविरको टिका लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गरे । भोली २९ गते मंगलबार झापा जिल्लाको काकडभिठामा झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । 
उक्त अभियान आफ्नो पार्टीविशेषको निम्ति मात्र नभई समस्त नेपालीको आफ्नो अभियान भएको दाबी गर्दै अभियान सफल बनाउन पार्टी र पार्टीका भातृ संगठन कार्यकर्ता तथा शुभेच्छुकहरुसँग आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिदिन अध्यक्ष वमले बिशेष आग्रह गरेका छन् ।
आउ‘दो संबिधानसभाको चुनाव सफलतापुर्वक सम्पन्न गरी हिन्दु अधिराज्य स्थापना गर्नको लागी राष्ट्रिय शिवसेना पार्टी जनताको माझमा ‘एक घर एक राष्ट्रिय झण्डा हस्तान्तरण अभियान कार्यक्रम–२०७०’ यथासम्भव मुलुकभर लिएर जाने पनि सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।