क्षेत्र निर्धारण आयोगको निर्णयविरुद्ध सद्भावनाले जनप्रदर्शन गर्ने

२७ श्रावण २०७०, आईतवार २१:२५ मा प्रकाशित

काठमाडौं, २७ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति असहमति जनाउन  सोमबार सद्भावना पार्टीले जनप्रदर्शनसहितको विरोध कार्यक्रम गर्ने भएको छ । जनघनत्वका आधारमा मधेसमा दर्जनभन्दा बढी निर्वाचन क्षेत्र थप्नुपर्ने माग राख्दै आएकोमा आयोगले पुरानै क्षेत्रसंख्यालाई निरन्तरता दिने प्रस्ताव गर्नु मधेसप्रति षड्यन्त्र भएको तर्क गर्दै सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफ्नै नेतृत्वमा जनप्रदर्शन गर्न लागेको बताए । रत्नपार्कस्थित शान्तिवाटिकामा दिउँसो आयोगको निर्णयविरुद्ध जन–प्रदर्शन र विरोधका अन्य कार्यक्रम आयोजना गरिने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्