छुट्टै गोर्खा ल्याण्ड राज्य घोषणा नगरिए सम्म आन्दोलन जारी: बिमल गुरुंग

२७ श्रावण २०७०, आईतवार २०:०३ मा प्रकाशित

दार्जलिङ्ग, २७ साउन । छुट्टै गोर्खा ल्याण्ड राज्यको घोषणा नभइन्जेल गोर्खा जन मुक्ति मोर्चाको आव्ह्वानमा सुरु भएको दार्जलिङ्ग बन्द र शान्ति पूर्ण आन्दोलन जारी रहने भएको छ । गोर्खा जन मुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुंगले आइतबार संचारकर्मिहरुसंग कुरा गर्दै कसैको धम्कि र दबाबमा आन्दोलन फिर्ता नलिगिने बताएका हुन् । गोर्खा जन मुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुंगले शनिबार बन्दको आठौ दिन पश्चिम बंगालकी मूख्यमन्त्री ममता वनर्जिले दार्जलिङ्ग बन्द अविलम्ब बन्द गर्न ७२ घण्टाको अल्टिमेटम दिए पछि यस्तो प्रतिक्रिया दिएका हुन् । गुरुंगले भने ‘हामी केन्द्र सरकारसंग छुट्टै गोर्खा ल्याण्ड राज्य घोषण गर्ने सर्तमा बार्ता गर्ने छौ ।’ गुरुंगले जोड दिदैं भने, ‘हजारौ जेल जान्छन, म जेल जान तयार छु तर छुट्टै गोर्खा ल्याण्ड राज्य घोषण नभए सम्म आन्दोलन जारी रहने छ । छुट्टै गोर्खा ल्याण्ड राज्यको माग सहित शान्तिपूर्ण बन्द र हड्तालमा उत्रिएकाआन्दोलनकारी माथी ममता वनर्जिको पश्चिम बंगाल सरकारले आन्दोलन दबाउन तिब्र दमन र धरपकड गर्नुको साथै स्थानिय केवल टिभी, नेपाली टिभी प्रशारणमा समेत प्रतिबन्ध लगाउदै आएको छ । शनिबार आन्दोलनको पाँचौ दिन दार्जलिङ्ग आस पास क्षेत्रमा शान्तिपूर्ण बन्द र हड्ताल गरिरहेका १४३ भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोर्खा जनमुक्ति मोर्चाको आव्ह्वानमा आठौ दिनको बन्द समेत अपार सफल रहेपछी पश्चिम बंगालकी मूख्यमन्त्री ममता वनर्जि आन्दोलन दबाउने हदै सम्मको दमनमा ओर्लिएकी हुन् । नौ दिनदेखि आन्दोलनमा होमिएका छुट्टै गोर्खा ल्याण्ड राज्यका पक्षधर नेपाली भाषीहरुले केन्द्रसंग बार्ताको कोसिस गरेपनि केन्द्र सरकार राज्यसरकार मार्फत आन्दोलन दबाउने र तुहाउने कोशिसमा जुटेको छ । केन्द्र सरकारले छुट्टै तेलंगना राज्य घोषणा गर्ने तयारी गरेपछि दशकौ देखि उठाउदै आएको गोर्खा ल्याण्ड राज्यको मागलाई उपेक्षा गरिएको ठान्दै नेपाली भाषीहरुले दार्जलिङ्ग आस पास क्षेत्रमा बितेको आठ दिन देखि सांकेतिक बन्द, हड्ताल, धर्ना र प्रदर्शन गर्दै आएका छन् । शान्तिपूर्ण बन्द र हड्ताललाई दमन गरिएका कारण यति बेला दार्जीलिंग, मिरिक, सुखिपोखरी, कालिङ्ग्पोङ्ग र खर्साङ्ग आस पासका क्षेत्र आन्दोलित र तनाब ग्रस्त रहेको छ । ममता वनर्जिको पश्चिम बंगाल सरकार आन्दोलनको बिपक्षमा उभिएको छ भने केन्द्र सरकार यस पटक पनि आन्दोलन दबाउने र तुहाउने रणनीतिमा लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा