बैङककबाट फर्किइन् करिष्मा

३० चैत्र २०६८, बिहीबार ०३:०६ मा प्रकाशित

काठमाडौ, २९ चैत । दश दिनका लागि बैङकक घुम्न निस्किएकी अभिनेत्री करिश्मा मानन्धर आज काठमाण्डू फर्किएकी छिन् । मायाज बारको सुटिङ चलिरहेका बेला बहिनीका साथ बैङकक गएकी करिश्मा आज साँझ काठमाण्डू फर्किएकी हुन् ।

पारिवारिक कारण के थियो होला भन्ने प्रश्नमा करिश्मा पति विनोदले भने, ‘यो गोप्य थियो त्यसैले सवै कुरा नभनौं । मात्र यति हो कि करिश्मा फ्रेस भएर आएकी छिन् ।’ परिवारलाई कसरी ट्रिट गर्नु पर्छ भन्ने बिषयमा पूर्ण जानकार विनोद केही दिन अघि मात्र पिताको निधनको सम्पूर्ण कार्य सकि लण्डनबाट काठमाण्डू फर्किएका थिए । त्यस अघि उनले केही समयका लागि छोरी कवितालाई अमेरिका घुम्न पठाएका थिए जस अनुरूप श्रीमती करिश्मालाई पनि उनले यो पटक बैङकक फ्रेस हुन पठाएका हुन् ।

पछिल्लो समय अमेरिकाबाट फर्किए यता आफूलाई पूरानै अवस्थाको विजि बनाउन प्रयासरत करिश्मा निरन्तर रूपमा विभिन्न प्रोजेक्टमा अनुबन्धीत भईरहेकी छिन् तर आमा, भाउजु र दिदीको रोलमा । हाल उनी मायाज बारमा बार गर्लको रूपमा रहेको बताईएको छ । दिनेश डिसीको निर्देशनमा मायाज बारको छायाकंन कार्य भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव