कोलम्वोमा मस्जिदमाथि बुद्धिष्टहरुद्वारा आक्रमण

२७ श्रावण २०७०, आईतवार ११:३९ मा प्रकाशित

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोस्थित ग्राण्डपास क्षेत्रमा रहेको एक मस्जिदमाथि बौद्धमार्गीहरुले आक्रमण गरेका छन् । सो आक्रमणमा परेर पाँच व्यक्ति घाइते भएका, प्रहरीहरु पनि घायल बनेका र केही घरहरुमा पनि क्षति पुगेको जनाइएको छ । बौद्धमार्गीहरुबाट भएको आक्रमणपछि मुस्लिम र बौद्ध सम्प्रदायका मानिसबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले कफर््यु आदेश जारी गरेको छ । 
गत महिना उक्त मस्जिदनजिक बौद्धिष्टहरुको एक समूहले मस्जिद हटाएर अन्यत्रै सार्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए ।
प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार शनिबार साँझ मस्जिदमा नमाज पढ्ने बेला भीडले ढुंगामुढा प्रहार गरेको थियो ।
बौद्ध भिक्षुहरुले सो इलाकामा मस्जिद राखिएकोमा आपत्ति जनाउँदै आएका छन् । केही वर्षयता श्रीलंकामा धार्मिक तनाव बढ्दै गएको छ । स्थानीय बौदिष्टहरुले मस्जिदका साथै चर्चहरुलाई पनि विरोधको निसाना बनाउँदै आएका समाचारमा जनाइएको छ । मुसलमान र क्रिश्चियनहरुले बौदिष्टहरुलाई धर्म पपरिवर्तन गर्न उक्साउन थालेकोले यसरी आक्रमण गर्नुपरेको बौद्धमार्गीहरुको भनाई छ भने आरोप लागेका दुबै समुदायले आरोपको खण्डन गर्दैआएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको