निर्वाचन सुनिश्चित गर्न कांग्रेस लचकदार बन्दै

२७ श्रावण २०७०, आईतवार ०६:२४ मा प्रकाशित

काठमाडौं, २७ साउन । मंसिरको निर्वाचनलाई सुनिश्चित तुल्याउन नेपाली कांग्रेस तुलनात्मक रुपमा अन्य दलभन्दा बढी नै चिन्तित र प्रतिवद्ध देखिएको छ । यही चिन्ता र प्रतिवद्धता दर्शाउँदै कांग्रेसलो आफ्ना अडान र पहिले गरेका निर्णयहरु बदल्ने संकेतसमेत गरेको छ । शनिबार सभापति सुशील कोइरालाको निवासमा भएको कांग्रेस नेताहरुको अनौपचारिक बैठकले असन्तुष्ट पक्षलाई चुनावका लागि मनाउन संविधानसभाको आकार बढाउन तयार हुनुपर्ने निश्कर्ष निकालेको हो ।
सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता बडू, नेता केसीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरू उपस्थित सो बैठकमा असन्तुष्ट दलहरूलाई मनाउनका लागि संविधानसभाको आकार ४ सय ९१ बाट बढाउन कांग्रेस तयार भएको हो । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट दलहरूले संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने सिट संख्याको प्रतिशत प्रत्यक्षको भन्दा बढी हुनुपर्ने मागलाई मुख्य रूपमा अघि सार्दै आएका छन् ।
निर्वाचनमा भाग लिने प्रत्याभूति गरे निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै आएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा, फोरम नेपाल नेतृत्वको आठदलीय मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादीको माग पूरा गर्न कांग्रेस सहमत भएको हो । समितिमा रहेका तीन दल र मधेसी मोर्चाबीच भएको ११ बुँदे सहमतिमा संविधानसभा प्रत्यक्ष र समानुपातिकबाट प्रतिनिधित्व हुने सभासद्को संख्या जम्मा ४ सय ९१ जनाको हुने व्यवस्था छ । असन्तुष्ट दलले विघटित संविधानसभामा समानुपातिकको ५८ प्रतिशत प्रतिनिधित्वलाई घटाएको भन्दै असहमति जनाउँदै आएका छन्। ११ बुँदे सहमतिमा हस्ताक्षरकर्ता दलहरूले भने ६ सय १ को संविधानसभा ठूलो भएको भन्दै १ सय १० सिट घटाउन सहमति गरेका थिए ।
उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरूको तर्फबाट असन्तुष्ट दलसँग गरिने वार्तामा सरकार परिवर्तन र निर्वाचनको मिति सार्नेबाहेक सबै विषयमा सहमति गर्न लचिलो हुने निचोड बैठकले निकालेको छ ।
अनौपचारिक बैठकमा सहभागी अधिकांश कांग्रेस नेताले संविधानसभा निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्नुपर्ने एक मात्र उद्देश्यले वार्तामा बस्नुपर्ने सुझाव दिएका थिए । बैठकले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी नीति तथा कार्यक्रम ल्याउन पार्टी केन्द्रीय कार्यसमितिको बैठक चार दिनभित्रै बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले