कार्यालय समयमा सभा-समारोहमा भाग लिए कर्मचारीमाथि कारवाही गरिने

२७ श्रावण २०७०, आईतवार ०५:५० मा प्रकाशित

रासस, काठमाडौं, २७ साउन । मुख्यसचिव लीलामणि पौडेलले सरकारी कर्मचारीलाई कार्यालय समयमा कुनै पनि सभा र कार्यक्रममा नबोलाउन पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल प्राइभेट पर्यटक यातायात व्यवसायी सङ्घको पाचौं साधारणस भामा मुख्य सचिव पौडेलले कार्यालय समयमा कर्मचारीलाई सभा, गोष्ठीलगायतका कार्यक्रममा सहभागी गराउँदा मन्त्रालय र विभागमा जनताको काममा बाधा पुग्नेतर्फ सबै गम्भीर हुनुपर्ने बताए। उनले अबदेखि सरकारी कार्यालयले कार्यालय समयभित्र यस्ता कार्यक्रम गरे आफूले कारबाही गर्ने बताउँदै लामो समयको भड्किला र आडम्बरपूर्ण कार्यक्रम नगर्न व्यवसायीलाई सुझाव दिए। 
व्यवसायीका समस्या र गुनासा पर्यटन र उद्योग महाशाखामार्फत ल्याउन मुख्य सचिवले आग्रह गर्दै मुख्य सचिव पौडेलले ती समस्याको समाधानका लागि आफूले सधैं समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने बताए।
सो अवसरमा मुख्यसचिव पौडेलले पर्यटन क्षेत्रमा योगदान पुर्याएवापत गन्तव्य नेपाल पब्लिकेसनका अध्यक्ष पत्रकार शिव अधिकारी र ट्राफिक प्रहरीका निरीक्षक सीताराम हाछेथुलाई सम्मान गरेका थिए।
कार्यक्रममा नेपाल ट्राभल एन्ड टुर एजेन्ट्स एसोसियसन का महासचिव अच्युत गुरागाई, टुर्गानका अध्यक्ष हरेराम बराल, ठमेल पर्यटन विकास समितिका अध्यक्ष रामशरण थपलियालगायतका वक्ताले राजधानीमा पर्यटक बस बिसौनी निर्माण गर्नुपर्ने, बीच बाटोमै पर्यटकलाई उर्ताने प्रवृत्ति अन्त्य गर्नुपर्ने, दश वर्षभन्दा पुराना गाडी पर्यटन क्षेत्रबाट हटाउनुपर्ने, पर्यटन पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको