भारत जाने पालो कांग्रेस उपसभापति पौडेलको

२५ श्रावण २०७०, शुक्रबार २०:०० मा प्रकाशित

काठमाडौं, २५ साउन । कांग्रेस सभापति सुशील कोइराला भारत भ्रमणबाट स्वदेश फर्किएकै दिन कांग्रेस उपसभापति रामचन्द्र पौडेल उपचारका लागि आगामी आइतबार भारत जाने कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ । पार्टीका तर्फबाट मुख्य सचिव चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उपसभापति पौडेल पर्सी आइतबार विहान १० बजे एयर इण्डियाको उडानबाट नयादिल्ली जाने कार्यक्रम रहेको बताइएको छ ।
दुई साता अघि पौडेलको शिक्षण अस्पताल महाराजगञ्जमा पायल्सको अपरेशन गरिएको थियो ।
उपसभापति पौडेलले भारत रहँदा भारतीय नेता तथा उच्च अधिकारीहरुलाई भेट गर्ने या नगर्ने कांग्रेसले सचिवालयले केही उल्लेख नगरे पनि सभापति फर्केलगत्तै उपसभापतिको भारत यात्रालाई उपचारकै लागि मात्र हो भन्ने नजरबाट भने हेरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्