‘नेपालप्रति भारत सकारात्मक र सहयोगी’ : नेका सभापति

२५ श्रावण २०७०, शुक्रबार १९:२९ मा प्रकाशित

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमण सफल र सार्थक रहेको बताएका छन् । यस भ्रमणले दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । ६ दिवसीय भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति कोइरालाले नेपालमा समयमै निर्वाचन सम्पन्न भएर त्यसकै जगमा सिङ्गो देश राजनीतिक स्थिरता, शान्ति र विकासको बाटोमा अघि बढोस् भन्ने भारतको चाहना रहेको आफूले अनुभूति गरेको बताए । उनले भारत चुनावका लागि आवश्यक भौतिक सामग्री प्रदान गर्न तयार रहेको जानकारी पनि दिए। 
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, काँग्रेस–आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शीद, विदेश सचिव सुजाता सिंह, भारतीय जनता दललगायतका विभिन्न दलका नेताहरूसँग सभापति कोइरालाले भारत भ्रमणका क्रममा भेटवार्ता गरेका थिए। यस्तै विहार र उत्तरप्रदेशको भ्रमण गरी कोइरालाले त्यहाँका मुख्य मन्त्रीहरूसँग भेटघाट र छलफल गरेका थिए।
भारतीय नेताहरूसँग भएको उच्चस्तरीय छलफलका क्रममा आफूले संविधानसभाको लागि निर्धारित चुनाव समयमै सम्पन्न हुने र त्यसको लागि निर्वाचनप्रति असहमत रहेका दलहरूलाई समेत सहभागी गराएर अघि बढ्ने विषयमा वार्ता र छलफललाई तीव्र पारिएको आफूले जानकारी दिएको उनले बताउँदै विहार र उत्तरप्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भेटवार्ताका क्रममाचाहिँ दुई देशबीच सीमा क्षेत्रमा देखिएका बाढी, आपराधिक गतिविधिलगायतका समस्या समाधान गर्नेबारेमा छलफल भएको र त्यसबारेमा उनीहरु सकारात्मक रहेको पाएको सभापति कोइरालाले बताए।
यस्तै कांग्रेस–आईकी अध्यक्ष गान्धीले आर्थिक आधारमा सङ्घीयतामा जाने सुझाव दिएको भनी यसअघि चर्चामा आएको सन्दर्भमा राखिएको जिज्ञासामा सभापति कोइरालाले यो विषय नेपाल र नेपालीको आफ्नो कुरा भएकाले नेपाली जनता नै यस कुराको समाधान खोज्न समर्थ रहेको धारणा राखेको प्रस्ट्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका