प्रहरीले बैद्य पक्षको जुलुसमा हस्तक्षेप गर्दा एक दर्जन घाईते, एक दर्जन पक्राउ

२९ चैत्र २०६८, बुधबार २१:१३ मा प्रकाशित

काठमाडौ, २९ चैत । लडाकु र हतियार नेपाली सेनालाई जिम्मा लगाउने सेना समायोजन विशेष समितिको निर्णय विरुद्ध बुधवार साँझ माओवादीको बैद्यपक्षधरले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी एक सभासद सहित करिब १ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान चक्काजाम गरेको सो समूहले साझ मसाल जुलुस निकालेको थियो । राजधानीको भुगोलपार्कबाट महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा जुलुस निक्लिउको थियो । जुलुसमा सहभागीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेका थिए ।
जुलुसमा सहभागीले बोकेको मसाल प्रहरीले खोसेपछि केहीबेर तनाव भएको थियो । प्रहरीले मसाल खोस्ने क्रममा भएको झडपमा तीन प्रहरी र ११ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको बीर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये दुई प्रदर्शनकारीको अवस्था गम्भीर छ ।
यता पोखरामा विहान गरेको चक्का जामको क्रममा प्रहरीले एक सभासद सहित १४ जनालाई पक्राउ गरेको थियो । बैद्य पक्षधर सभासद  श्रीराम अधिकारी  सहित कार्यकर्ताहरुलाई पक्राउ गरी दुई घण्टा नियन्त्रणमा लिई प्रहरीले छाडेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा