प्राधिकरण प्रमुख हाकिम नै ट्रान्सफर्मर घोटालामा

२५ श्रावण २०७०, शुक्रबार ०६:५४ मा प्रकाशित

काठमाडौं, २५ साउन । विद्युत् ट्रान्सफर्मर घोटालामा मुछिएका नेपाल विद्युत् प्राधिकरणका तल्ला स्तरका कर्मचारीहरु सुरेन्द्रप्रसाद पनेरू, मदनराज चापागाईं, कैलाशकुमार अटल, शेखर दत्त, सिन्धु यादव, हरिशबहादुर पाल, प्रज्वल पाण्डे, भरत रूपाखेती, सुरेन्द्रराज जोशी, सुरेशकुमार कटुवाल, नारायण चौधरी र सरोज श्रेष्ठसँगको बयानका आधारमा ट्रान्सफर्मर खरिद घोटाला प्रकरणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको मुख्य संलग्नता रहेको खुलेको छ । २०६७÷६८ मा चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेडमार्फत खरिद गरिएका ट्रान्सफर्मरहरूको भुक्तानी दिने कार्यमा तत्कालीन ग्राहक तथा वितरण शाखाका प्रबन्धक रहेका यादवको प्रत्यक्ष संलग्नता भेटिएको हो । उल्लेखित कर्मचारीहरुलाई हिरासतमा राखेर कारबाही गरिरहेको परिवेशमा सो प्रकरणमा कार्यकारी निर्देशक यादवकै संलग्नता रहेको पुष्टि भएको हो । करोडौं भ्रष्टाचारमा संलग्न रहेका यादवलाई तत्काल हिरासतमा लिएर कारवाही सुरु गरिने तयारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बुझिएको छ । 
समाचार स्रोतकाअनुसार हुवेईलाई प्राधिकरणमार्फत तिर्नुपर्ने १ लाख ६० हजार २ सय डलर अर्थात् ११ करोड ५१ लाख ४४ हजार रुपैयाँमध्ये यादवकै स्वीकृतिमा १० करोड ८७ लाख २२ हजार भुक्तानी गरिएको थियो । सो रकम यादवले दुई चरणमा गरी हुवेईलाई भुक्तानी गर्न स्वीकृति दिएका थिए । उनले चरणबद्ध रूपमा भुक्तानी सिफारिस गरे पनि उन्मुक्ति पाउँदै आएका थिए । यादवपछि आएका तत्कालीन महाप्रबन्धक चिरञ्जीवी शर्माले ६४ लाख २० हजार रुपैयाँ भुक्तानी दिएका थिए । दुवैले रकम भुक्तानीको मेमोमा समेत स्वीकृति दिएको उल्लेख छ । हुवेईमार्फत ल्याइएको ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका अधिकांशलाई अख्तियारले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । त्यसैगरी, ठेकेदार कम्पनी हुवेईका यु झेङ कुइङ र जोउ उ तियान पनि हिरासतमा छन् । ट्रान्सफर्मरको निरीक्षणमा जाने, भण्डारण गर्ने, यादव र शर्माको आदेशमा भुक्तानी दिने कर्मचारीलाई अख्तियारले पक्राउ गरी हिरासतमा राखेर कारबाही गरे पनि दोषी देखिएका यादव र पूर्वमहाप्रबन्धक शर्मालाई भने उन्मुक्ति दिँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका