अपराधीका धन्दा थरिथरिका

२४ श्रावण २०७०, बिहीबार १५:४४ मा प्रकाशित

काठमाडौं, २४ साउन । अवैध ब्राजिलियन रियलको कारोबारमा संलग्न पाँच अभियुक्त प्रहरी फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएका विशेष े प्रहरी टोलीले भारत सन्तकबिर नगर मस्जिदिया घर भई हाल काठमाडौँ छाउनी बस्ने ३२ बर्षीय लालमन कुमार, भारत घुडिकुन्ड खुर्द बघौचघाट उत्तर प्रदेश घर भई काठमाडौँ गणबहाल बस्ने ४२ बर्षीय रबिन्द्र सिंह, भारत खलिलाबाद सान्तकबिर नगर घर भई भोटेबहाल बस्ने ३८ बर्षीय प्रेम कुमार राय, कालिकोट जिल्ला धौलागह–७ घर भई ढल्कु बस्ने २२ बर्षीय बिष्णु नेपाली र नवलपरासी जिल्ला रखुवा–४ घर भई डल्लु बस्ने २२ बर्षीय अस्मि भट्टराईलाई रहेका छन् । बागवजारबाट ब्राजिलियन रियल ५ सय दरको ३७ थान सहित पक्राउ गरेको हो । उनीहरूमाथि अन्य धन्दामा संलग्न रहे–नरहेको बारेमा पनि थप छानबिन सुरु भएको बताइएको छ ।
यस्तै, अपहरण तथा शरीर बन्धक मुद्धाका मुख्य अभियुक्तको रुपमा फरार रहेका रौतहट जिल्ला पिपरा भगवानपुर–१ बस्ने ३४ बर्षीय संजय मिश्रा भन्ने कुमार अमर भाष्करराज शर्मालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई टेकुबाट पक्राउ गरेको हो । अपहरण, हात–हतियार ओसारपसार र फोन धम्कीका साथै तराई कोबरा सशस्त्र समुहसंग समेत संलग्न रहेको रिपोर्ट परेका शर्माबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजार डेरा गरी बस्ने छम्पी–४ घर भएका २७ बर्षीय सुरज नगरकोटी पनि प्रहरी हिरासतमा पुगेका छन् । उनले सुन्धारास्थित जिरो डिग्री रेष्टुरेन्टमा काम गर्ने चितवन भण्डाराकी एक १७ वर्षिया युवतीलाई बलात्कार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप