क्यालिफोर्नियामा नयाँ बर्ष सुभ-कामना आदान प्रदान् तथा सांस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न

२९ चैत्र २०६८, बुधबार १९:३२ मा प्रकाशित

बाशु ढकाल, क्यालिफोर्निया, अमेरिका । क्यालिफोर्निया स्थित नाफका( NAFCA)ले नयाँ कार्यसमिति गठन तथा नेपाली नयाँ बर्ष २०६९ का अवसरमा सुभकामना आदान प्रदान् र सांस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको छ । बेलुकी ४:३० देखि रातको ११:०० बजे सम्म नाफकाका अधक्ष श्री प्रज्वल बज्राचार्यको सभापतित्वमा संचालित तथा रोज श्रेष्ठद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमका सांस्कृतिक संयोजक अनिश सापकोटाले आमन्त्रित प्रख्यात गायक तथा कलाकार सरोज दत्त,विजय अधिकारी तथा संजिव सुवाल संगै मीठामीठा गीतहरुले कार्यक्रममा थप रौनकता प्रदान गर्नु भएको थियो । यसैगरी कार्यक्रममा हाम्रा प्रख्यात स्थानीय कलाकारहरु राज शाही,अमुल सेरचन,नीता थोरसन् र उपहार गुरुङले कर्णप्रीय गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए भने सधैझै अन्य स्थानीय कलाकारहरु क्रमश:शान्ति तामांग,शौरभ पोखरेल, सबिना ढकाल,गङ्गा रिमाल, बुद्धशरण लामा,प्रतिस्ठा बज्राचार्य, दूर्गा पुन,प्रीनम् अधिकारी,मिली अधिकारी,जूली,अधिकारी,खुस्बु,अधिकारी,नेहा खड्का,महेश भण्डारी,आस्थाश्रेष्ठ,आदित्य सुबेदी,ईरोषा कार्की,कलश श्रेष्ठले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने कार्यक्रमको अन्तमा संजय देवको डिजेमा सबै रमाएका थिए । कार्यक्रममा टप हिमालय रेस्टुरेन्ट उडल्याण्डले सहुलियत दरमा खाना उपलब्ध गराएको थियो । नाफकाको संसोधित बिधान अनुरुप नाफका कार्यसमितिको सबै पदहरु प्रजातान्त्रिक प्रक्रियाबाट नाफकाका सदस्यहरुबाटै चुनिने व्यवस्था भए अनुरुप यस पटक नयाँ कार्यसमितिको चयन भएको छ । निर्वाचन आयुक्त डा.जीत बरालले नव निर्वाचित अधक्ष श्री बासु ढकाललाई पदीय जिम्बेवारीको सपथ गराए लगत्तै नवनिर्वाचित अधक्ष श्री ढकालले आफ्नो समितिका पदाधिकारीहरुलाई समेत पदीय जिम्बेवारिको सपथ गराउनु भएको थियो। नवनिर्वाचित पदाधिकारीहरु:अधक्ष: बासु ढकाल उपाधक्ष: तारा बराल महासचिव: सुरेन्द्र अधिकारी कोषाधक्ष: महेन्द्र भण्डारी सदस्यहरु: रबिन्द्र पाण्डे,डा.नविन तिमिल्सिना,डा.जय प्रकाश शाह,हिरा शिंह गौतम,सन्जोग श्रेष्ठ,इन्द्र गुरुङ ,नीर राई !कार्यक्रमको अन्तमा नाफकाले कलाकारहरुलाई कदरपत्र प्रदान गर्नुका साथै कार्यक्रमलाई सफल बनाउँन सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिहरुलाई हार्दिक आभार तथा धन्यबाद ज्ञापन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी