नेपाली विद्यार्थी अपूर्व श्रेष्ठले अमेरिकामा राष्ट्रपति शिक्षा सम्मान प्राप्त गरे

२४ श्रावण २०७०, बिहीबार ०६:२५ मा प्रकाशित

भर्जिनिया, २४ साउन । संयुक्त राज्य अमेरिकामा अध्ययनरत् नेपाली छात्र अपूर्व श्रेष्ठ बर्ष २०१३ पनि दोस्रो पटक राष्ट्रपति विशेष शैक्षिक सम्मान हाँसिल गर्न सफल भएका छन् । संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको लानियर मिडिल स्कुलमा अध्ययनरत अपूर्व श्रेष्ठलाई कक्षा ८ मा विशिष्टता हाँसिल गरेवापत “प्रेसिडेन्ट्स एडुकेसनल अवार्ड” प्राप्त भएको उनको परिवारजनले जानकारी दिएको छ । विद्यालयस्तरका असाधारण मेधावी विद्यार्थीलाई दिइने यो सम्मान शैक्षिक स्तर, चारित्रिक गुण, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता आदिका आधारमा मूल्याङ्कन गरी “प्रेसिडेन्ट्स एडुकेसनल अवार्ड” प्रदान गरिने छ । अपूर्व श्रेष्ठलाई हालै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनको उज्ज्वल भविष्यको कामना गर्दै आफ्नो हस्ताक्षरयुक्त सम्मानपत्र र बधाईपत्र प्रदान गरेका थिए । काठमाडौँ, ओमबहाल जन्मघर भएका छात्र अपूर्व श्रेष्ठले यसअघि सन् २०११ मा पनि “प्रेसिडेन्ट्स एडुकेसनल अवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र