सेना समायोजन भाड्न षडयन्त्र देखेर हतारमा लडाकु सेनाको जिम्मा लगाएको प्रचण्डको भनाई

२९ चैत्र २०६८, बुधबार १८:४१ मा प्रकाशित

 काठमाडौ, २९ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजनलाई विथोल्न विभिन्न तत्व लागेको र त्यसले प्रक्रिया विथोलिने देखेपछि लडाकुलाई नेपाली सेनाको जिम्मा लगाईएको बताएका छन् ।
आज आफ्नै निवास लाजिम्पाटमा दैनिक पत्रिकाका सम्पादकहरुसँगको कुराकानीमा प्रचण्डले  भने – प्रक्रिया बिथोल्ने षडयन्त्र अगाडि बढेर गएकोले मैले बोल्ड डिसिजन गरेको हु । उनले नेपाली जनताको समायोजनको तिब्र आकांक्षा देखेर समेत आफूले जोखिम मोलेर निर्णय गरेको बताए ।
उनले सेना समायोजनका मुलभूत काम सकिएको हिजोको निर्णय पछि अब सम्पन्न भएको दावी गर्दै अब मुलुकले संविधान निर्माणमा आफ्नो ध्यान केन्द्रीत गर्नु पर्ने बताए । शान्ति प्रक्रियामा जस्तै माओवादी ले अब संविधान निर्माणमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको स्पष्टोक्ति थियो ।
उनले शान्ति प्रक्रियमा माओवादीले खेलेको भूमिका जस्तै अब संविधान निर्माणमा अन्य राजनीतिक दलहरुले पनि लचकता प्रस्तुत गर्दै संविधान निर्माण कार्यलाई सहज बनाउनु पर्ने बताए । जेठ १४ गते भित्र संविधान जारी हुने विश्वास ब्यक्त गर्दै प्रचण्डले नयाँ संविधानको शासकीय स्वरुपमामा प्रत्यक्ष राष्ट्रपति र प्रधानमन्त्री हुनु पर्ने अडान भने दोहोर्याए । संघीयता विनाको संविधान जारी नहुने दृढता ब्यक्त गर्दै उनले संघीयता पहिचान र सामथ्र्यसहितको हुने पनि स्पष्ट पारे ।
सेना समायोजनको विषयमा  पार्टीको बैद्य समूहले गरेको विरोधको तुक नभएको दावी गर्दै प्रचण्डले विरोध गर्नु बैद्य पक्षको नियमित काम भएको पनि ब्यङग्य गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार