गोर्खा ल्याण्डका १४३ भन्दा बढी प्रहरी नियन्त्रणमा; दार्जलिङ्ग आस पासको क्षेत्र तनावग्रस्त

२३ श्रावण २०७०, बुधबार १८:४२ मा प्रकाशित

दार्जलिङ्ग, २३ साउन । दार्जलिङ्ग आस पास क्षेत्रमा बस्ने नेपाली भाषीहरुले दशकौ देखि उठाउदै आएको गोर्खा ल्याण्ड राज्यको माग पुरा गरिनु पर्ने भन्दै शान्तिपूर्ण बन्द र हड्तालमा उत्रिएकाहरु माथी ममता वनर्जिको पश्चिम बंगाल सरकारले आन्दोलन दबाउन तिब्र दमन र धरपकडको क्रम जारी राखेको छ । बुधबार आन्दोलनको पाँचौ दिन दार्जलिङ्ग आस पास क्षेत्रमा शान्तिपूर्ण बन्द र हड्ताल गरिरहेका १४३ भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोर्खा जनमुक्ति मोर्चाको आव्ह्वानमा पाँच दिनदेखि आन्दोलनमा होमिएका छुट्टै गोर्खा ल्याण्ड राज्यका पक्षधर नेपाली भाषीहरुले केन्द्रसंग बार्ता संगै नयन देल्लीको जन्मान्तर लगायतका स्थानमा समेत शान्तिपूर्ण धर्ना जारी राखेका छन् । केन्द्र सरकारले छुट्टै तेलंगना राज्य घोषणा गर्ने तयारी गरेपछि दशकौ देखि उठाउदै आएको गोर्खा ल्याण्ड राज्यको मागलाई उपेक्षा गरिएको ठान्दै नेपाली भाषीहरुले दार्जलिङ्ग आस पास क्षेत्रमा बितेको पांच दिन देखि सांकेतिक बन्द, हड्ताल, धर्ना र प्रदर्शन गरे आएका छन् । शान्तिपूर्ण बन्द र हड्ताललाई दमन गरिएका कारण यति बेला दार्जीलिंग, मिरिक, सुखिपोखरी, कालिङ्ग्पोङ्ग र खर्साङ्ग आस पासका क्षेत्र तनाब गर्स्त बनेको छ । ममता वनर्जिको पश्चिम बंगाल सरकार आन्दोलनको बिपक्षमा उभिएको छ भने केन्द्र सरकार यस पटक पनि आन्दोलन तुहाउने रणनीतिमा लागेको आन्दोलनकारीहरुको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल