विमानस्थलमा प्रहरीको लुटपाट !

२३ श्रावण २०७०, बुधबार ०८:३९ मा प्रकाशित

काठमाडौं, २३ साउन । मुलुकमा कानुनी राज र ‘सिस्टम’ले काम गर्ने स्थिति रहेको भए प्रहरी प्रशासनमा हुने व्यक्ति परिवर्तनले कुनै असर नगर्ने निश्चित मान्न सकिन्थ्यो, सिस्टमले काम नगरेकै कारण यहाँ बेलाबखत योग्य र सक्षम प्रहरी अधिकारीको विशेष रूपमा चर्चा हुने गर्दछ । काठमाडौं प्रहरी परिसरमा प्रमुख रहेका बेला नवराज सिलवाल र रमेश खरेल, बाँके प्रहरी प्रमुख रहँदा विक्रम थापा, सदर ट्राफिक प्रहरी कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षामा रहँदा विज्ञानराज शर्मा र नारायणी अञ्चल प्रमुखका रूपमा सर्वेन्द्र खनाललगायत अन्य केही प्रहरी अधिकृतले आर्जन गरेको ख्याति प्रहरी सङ्गठनकै लागि प्रतिष्ठाको विषय बन्न पुगेको छ । सिस्टम नबनेकै कारण व्यक्ति परिवर्तनले कति ठूलो असर पार्दो रहेछ भन्ने कुराको पछिल्लो दृष्टान्त त्रिभुवन विमानस्थल बन्न पुगेको छ । गत असारसम्म विमानस्थल सुरक्षा प्रमुखको रूपमा विज्ञानराज शर्मा थिए र उनले त्यहाँ अपनाएको सुरक्षा व्यवस्था तथा शून्य भ्रष्टाचारका निम्ति दर्शाएको प्रतिबद्धता देशव्यापी चर्चाको विषय बन्यो । त्यही ठाउँमा नयाँ प्रहरी अधिकृत खटिएपछि विमानस्थलभित्रको वातावरण एकाएक खलबलिएको छ । सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारी सीधा र सरल प्रकृतिका व्यक्ति मानिन्छन्, तर उनकै मातहतका डीएसपी गणेशबहादुर चन्दले भने आफ्नो सक्कली रूप देखाउन थालिसकेका छन् । डीएसपी चन्दले पसल भएको क्षेत्रमै गएर भारतीय तथा अन्य यात्रीहरूको खानतलासी लिई हजार र पाँच सय दरका भारतीय नोट फेला परे खोस्ने गरेका छन् । विमानस्थलमा शरतसिंह भण्डारी र रतिसचन्द्र लालको विशेष निगाहले स्टेरायल हलमा एकलौटी पसल राख्ने मौका पाएका सुवास श्रेष्ठ नामक व्यापारीले नजराना चढाएपछि निजको पसलमा क्यान बियर राख्नेबाहेक चुरोटसमेत पर्याप्त मात्रामा बिक्रीका लागि राख्ने व्यवस्था डीएसपी चन्दले मिलाइदिएका छन् । विमानस्थलका पसलहरूमध्ये राज्यलाई सबभन्दा बढी कर बुझाउने सूर्य ताम्राकार नामक व्यापारीद्वारा सञ्चालित कफी शपमा भने निज चन्दले अनेक निहुँ खोजेर सताउने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गत साताको एक राति दश बजेतिर उक्त पसलको फ्रिजमा राखिएको सबै क्यान बियर डीएसपी चन्दले लुटेरा शैलीमा लिएर गएका थिए । विमानस्थलका अधिकांश पसलमा क्यान बियर बिक्रीमा राखिए पनि सोको लागि विमानस्थल व्यवस्थापनले स्वीकृत दिए–नदिएको बुझिएको छैन । यदि बिनाअनुमति कुनै सामान बिक्रीका लागि राखिएमा त्यसको अनुगमन गरी आवश्यक कारबाही गर्ने जिम्मेवारी विमानस्थल व्यवस्थापनकै हुन्छ, जसको महाप्रबन्धकमा अहिले दिनेश श्रेष्ठ छन् । तर, डीएसपी चन्दले डीआईजी भण्डारीको अनुमति लिएर हो या आफू एक्लैको चाहनाले हो उनी विमानस्थलका व्यापारीहरूलाई सताउने, तर्साउने र नगद झार्ने कार्यमा विशेष किसिमले सक्रिय भएका छन् । यस सम्बन्धमा अर्का एक प्रहरी अधिकृतसँग वास्तविकता जान्न खोज्दा उनले सबै कुरा सामान्य रहेको र कुनै किसिमको अनियमितता कसैले पनि नगरेको जवाफ दिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर