लगानी सुरक्षाकालागी नियमन निकायका विरुद्ध लगानीकर्ता द्धारा आन्दोलनको घोषणा

२९ चैत्र २०६८, बुधबार १८:३५ मा प्रकाशित

काठमाडौं २९ चैत्र । नेपाल इन्भेष्टर्स फोरम, नेपाल धितोपत्र लगानीकर्ता संघ र जनरल इन्भेष्टर्स एसोसिएसनले नेपाल सरकार अर्थमन्त्रालय लगायतका अन्य नियमनकारी निकायहरुले आपूmहरुको माग सम्बोधन नगरेको भन्दै आगामी बैशाख ३ गतेदेखि चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
विगत दुई वर्षदेखि लगानीकर्ताहरुले पूँजीबजारको अवस्थाको सन्दर्भमा सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र बुझाएर अनुरोध गर्दा गर्दै  लगानीकर्ताहरुको मागलाई बेवास्ता गरिदिँदा पूँजी बजारको अस्थित्व समाप्त हुने स्थितिमा पुगेको दावी गर्दै त्यसको रक्षाकोलागी बाध्यतावस आन्दोलन गर्नु परेको बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा सभ्य, सहनशील र अनुशासित वर्ग भनि चिनिने लगानीकर्ताहरुको धैर्यताको बाँध टुटेको चेतावनी दिदै आपूmहरुलाई समाप्त पार्न खोज्नेहरु विरुद्ध अब जस्तो सुकै रुपको आन्दोलन गर्न पनि आफूहरु तयार रहेको चेतावनी दिए ।
घोषित आन्दोलनका कार्यक्रममा नियमक निकाय तथा नेपाल सरकार समेतको ध्यानाकर्षण हुने गरी पहिलो चरणको संघर्षको कार्यक्रममा हस्ताक्षर अभियान सञ्चालन गरी प्रधानमन्त्री तथा अर्थमन्त्री समक्ष पत्रकार सम्मेलन गरी बुझाउने, लगानीकर्ताहरुलाई शेयर कर्जाको व्याज तिर्न, मर्जिन तिर्न तथा शेयर विक्री गर्न जवर्जस्ती गर्ने बैंक तथा वित्तीय संस्थाहरुमा सामुहिक रुपमा गै खबरदारी गर्ने रहेको छ ।
दोस्रो चरण्मा नियमक निकायहरुमा कालोपट्टी बाँधेर धर्ना तथा घेराउ गर्ने, नियमक निकायका कार्यालय प्रमुुखहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने जस्ता ९ बुँदे  संघर्षका कार्यक्रम सार्वजनिक गरेकोे छ ।
उनीहरुले नियमक निकायहरु समक्ष मार्केट रिक्यु फन्ट तुरुन्त स्थापना गरी बजारमा लगानी गरि बजार सुधार गर्नुपर्ने, धितोपत्र बजार जस्तो पारदर्शि क्षेत्रमा गरिने लगानीमा श्रोत खोज्ने कार्यलाई तत्काल हटाई स्वघोषणाका आधारमा खरिद गर्न पाउने व्यवस्था तत्कालै लागू गर्नुपर्ने जस्ता १३ सुत्रीय माग सहित आन्दोलनको घोषणा गरेका हुन  ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजकुमार तिमिल्सिना, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे र जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दिपक कार्कीले लगानीकर्ताहरुको १३ सूत्रीय मागलाई तत्कालै सम्बोधन नगरे आफूहरुको अस्तित्व समाप्त पार्ने विरुद्ध जस्तो सुकै आन्दोलन गर्न समेत तयार रहेको चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर