मधेसवादी चुनावमा आए पनि वैद्यले बिथोल्ने प्रचण्डको ठहर

२२ श्रावण २०७०, मंगलवार २१:४९ मा प्रकाशित

काठमाडौं, २२ साउन । सबै पक्षलाई समेटेर मंसिर ४ मै संविधानसभाको निर्वाचन हुने भनी नेताहरुले दाबी गर्दै आए पनि चुनावमा सबै पक्ष सहभागी हुने सम्भावना टरेर गएको अनुभूति गरिन थालिएको छ । विशेषगरी माओवादी वैद्य समूह कुनै हालतमा निर्वाचनमा नआउने बरु चुनाव भाँड्नकै लागि सक्रिय रहने बुझाईमा प्रमुख दलका शीर्ष नेताहरु रहेका छन् । यसको पुष्टि एमाओवादीका अध्यक्ष प्रचण्डले मंगलबार पोखरामा गरिदिएका छन् ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले पोखरामा आयोजित पत्रकार सम्मलेनमा माओवादीले राखेको मागहरु हेर्दा ऊ निर्वाचनमा सहभागी हुने सम्भावना आफूले नदेखेको बताए । वैद्यजीहरुको माग र व्यवहार हेर्दा उनीहरु चुनावमा सहभागी हुने सम्भावना आफूले अब नदेखेको अभिव्यक्ति दिँदै वैद्यहरुको मागबमोजिम २५ र ११ बुँदे सहमति खारेज हुन नसक्ने बताए । मंसीर ४ को चुनाव रोक्ने र विथोल्ने गरी सहमति गर्न नसकिने उनको भनाई थियो ।
असन्तुष्ट पक्षले सरकार परिर्वतन, चुनावको मिति सानुपर्ने, गोलमेच सम्मेलन जस्ता मागहरु वार्तामा राखेकोले यी मागलाई सम्वोधन गर्न नसकिने प्रचण्डको भनाई छ । यो सरकार परिर्वतन हुनै सक्दैन, यही सरकारको नेतृत्वमा चुनाव हुन्छ भन्दै उनले मधेशवादी दलहरु चाहिँ चुनावमा सहभागी हुन तयार भएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी