बेलायती अधिकारीसँग प्रधानसेनापतिको विशेष छलफल

२२ श्रावण २०७०, मंगलवार १९:५७ मा प्रकाशित

काठमाडौं, २२ साउन । प्रधानसेनापति महारथी गौरव शम्शेर ज.ब.रा. र मित्रराष्ट्र बेलायतका दक्षिण एसियाली मामिला हेर्ने फरेन एण्ड कमनवेल्थ वफिस डाइरेक्टर गिलेस थम्पसनबीच भेटवार्ता भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा भएको शिष्टाचार भेटमा नेपाल र बेलायतबीचको द्धिपक्षिय सम्बन्ध र सहयोगबारे छलफल भएको बुझिएको छ । सो अवसरमा नेपालका लागि बेलायती राजदुत एन्ड्रयु जेम्स स्पार्कस्को पनि उपस्थिति रहेको थियो ।
प्रधानसेनापति राणाले मंगलबार नै भएको अर्को कार्यक्रममा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमरत नेपाली शिक्षार्थीहरुलाई “परिवर्तन र नेपाली सेना” बिषयमा प्रवचन दिनुभएको थियो । बदलिंदो सुरक्षा आवश्यकता अनुसार सेनालाई सान्दर्भिक बनाउन परिवर्तन अति आवश्यक भएको र यो परिवर्तन प्रणालीबद्ध तरिकाले हुनु पर्ने भनाई उहाँले सो अवसरमा राख्नुभएको थियो ।
प्रधानसेनापति राणाले नेपाली सेना गौरवपूर्ण इतिहास र परम्परा, अराजनैतिक चरित्र, पेशागत दक्षताले गर्दा समाजमा स्थापित भईसकेको धारणा राख्दै नेपाल र नेपालीहरुलाई आवश्यक परेको बखत काम लाग्ने भरपर्दाे मजबुत शक्तिको रुपमा उभिएको कुरा व्यक्त गर्नु भएको थियो । प्रधानसेनापति राणाले परिवर्तन क्षणिक रुपमा ग्रहण गर्न गा¥हो हुने भएता पनि संस्थागत हितको लागि यो अति आवश्यक भएको र नेपाली सेनाको परिवर्तन पनि समयानुकुल र संवैधानिक दायराभित्र रही नेपाल र नेपालीको हित सम्बोधन गर्न सक्ने हुनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्