अर्का तिब्बती शरणार्थीले गरे आत्मदाह

२२ श्रावण २०७०, मंगलवार १४:०२ मा प्रकाशित

काठमाडौं, २२ साउन । तिब्बती शरणार्थीको गतिविधिमाथि नियन्त्रण गर्न प्रहरी सक्रियतामा जोरचावहिलदेखि बौद्ध जोरपाटीसम्म् सडकमा सीसीटीभी जडान गरेको साता दिन बित्न नपाउँदै मंगलबार बिहान राजधानीको बौद्धस्थित स्तुपा परिसरमा एक तिब्बतीयन नागरिकले शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । अन्दाजी ४० वर्षीय ती शरणार्थीको पहिचान खुल्न सकेको छैन । स्तुपाको एक कुनामा गएर उनले आफूलाई आगो लगाएपछि तत्काल उपचारका लागि शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । केही महिनाअघि बौद्धकै एक रेस्टुरेन्टमा अर्का एक तिब्बती युवाले आत्मदाह गरेका थिए । त्यस घटनापछि चिनीयाँ सरकारले शरणार्थी गतिविधिमाथि थप नियन्त्रण गर्न नेपाल सरकारलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।