लगातारको पानीले लाखौंको तरकारी नष्ट

२९ चैत्र २०६८, बुधबार १८:११ मा प्रकाशित

काठमाडौ, २९ चैत । पर्वतमा केही दिन यता परेको पानिका कारण केही गाविसहरुमा लाखौं रुपैयाँको तरकारी बाली र तरकारी बीउ नष्ट गरेको छ । तीनदिन देखि परेको असिना र पानीले पाङगराङग गाविसमा लाखौ रकम बराबरको काँक्रो, गोलभेंडाको बिउ नष्ट भएको हो । जिल्लाको बीउ उत्पादनको प्रमुख पकेट क्षेत्रको रुपमा रहेको पाङगराङग गाविस ५ र ६ का किसानहरुले वार्षिक २० देखि ३० लाख रुपैयाँको तरकारीको बीउ उत्पादन गर्दै आएका थिए । तर यस वर्ष  १५ लाख रुपैयाँ बराबरको बीउ पनि उत्पादन नहुने स्थानीय किसान विश्वनाथ उपे्रतीले बताउनुभयो । कर्नास र रागमासमा उत्पादित तरकारीको बीउ काठमाडौ र पोखरामा सम्म पुग्छ ।

त्यस्तै लगातारको वर्षा र असीनाले बैतडीका विभिन्न ठाउँमा गहुँ र तरकारी नष्ट गरेको छ । गहुँ काट्ने बेला परेको असिनाले गहुँबाली नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । यो वर्ष हिउँदमा पानी नपार्दा गहुँबाली सप्रिन सकेको थिएन । भएको गहुँबाली पनि असीनाले नष्ट गरेपछि यो वर्ष झन् गहुँ उत्पादनमा ह्रास आउने देखिएको छ । यस्तै बारीमा लगाएको गोलभेडा, काउली, बन्दागोभी, तरकारी खाने खुर्सानी, प्याजलगायतका तरकारीहरु नष्ट भएको विभिन्न ठाउँका किसानहरुले जानकारी दिएका छन् । बैतडीको उत्तरपूर्वी गाविसहरुमा असीनाले बढी क्षति पुर्याएको स्थानीय बासिन्दाहरुले बताएका छन् । यसका साथै फूल फूल्न थालेका विभिन्न फलफूलका कोपिलाहरु नष्ट भएका छन् भने फलफूलका  साना बोटविरुवाहरु नष्ट भएको सुख्खा फलफूल केन्द्र सतबाँझले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध