पल्सर चढेर यार्सागुम्बा लुटपाट

२१ श्रावण २०७०, सोमबार २१:२९ मा प्रकाशित

काठमाडौं, २१ साउन । अपहरणको धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले नुवाकोट कल्याणपुर­७ घर भई हाल गंगबु बस्ने ३० बर्षीय देवन ओझा र नुवाकोट बिदुर नगरपालिका­९ घर भई हाल बालाजु बस्ने २१ बर्षीय विकेश बानियाँलाई पक्राउ गरेको छ । उनीहरुले काठमाडौं सामाखुशी बानियाँटार बस्ने ४२ बर्षीय पुष्पबहादुर खड्काले संचालन गरेको बृज एकाई इण्टरनेशनल मेनपावरका संचालकलाई अपहरण गर्ने धम्कि दिई नगद ६० हजार रकम माग गरेका थिए । 
यस्तै ज्याठा गल्लीबाट डोल्पा माझफाल­-९ घर भई हाल सुन्धारा पुजा होटलमा बस्ने २७ बर्षीय कर्मलाल बुढा र मान बहादुर बुढासँग रहेको २ किलो यार्सागुम्बा, नगद ३४ हजार रुपैयाँ र २ थान नागरीकता लुटिएको छ ।
कालो पल्सर मोटरसाइकल चढी आएका अपरिचित दुई व्यक्तिले उक्त यार्सागुम्बा लगायतका सामानहरु लुटी फरार भएका थिए । फरार अभियुक्तहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो