भारत बेच्न लगिएका ७ किशोरीहरुको उद्धार गर्न अझै एक साता लाग्ने

२९ चैत्र २०६८, बुधबार १८:१० मा प्रकाशित

काठमाडौ, २९ चैत । भारतमा बेच्न लगिएका सर्लाही भक्तिपुर–६ शंकरगञ्जका ७ जना किशोरीहरुको उद्धार गर्न अझै एक साता लाग्ने  भएको छ । ललाई फकाइ गरि भारतमा बेच्न लगिएका मुसहर र माझी समुदायका ७ जना किशोरीहरुको उद्धार गर्न भारतीय अदालतले नेपालको अदालतबाट प्रमाण पेश गर्न भनेपछि एक साता लाग्ने भएको हो ।
प्रमाण नपुगे पछि किशोरीको उद्धारका लागि गएको बालसंरक्षण संस्थासहितको टोली त्यसै फर्किएको छ । अहिले ती किशोरीहरु सुरक्षित रहेको बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले जानकारी दिनुभयो । स्थानीय एक गिरोहले एक महिना अघि ८ देखि २५ वर्ष उमेर समुहका ती किशोरीहरुलाई जागिर लगाइदिने भन्दै फकाएर लगेको स्थानीय बासिन्दाहरुले बताएका छन् । किशोरीहरुलाई बेच्न भनि लगेका भनिएका सर्लाही सागरनाथकी सुसिला र धनुषाकी लिला भनिने २ अभियुक्तलाई भारतीय प्रहरीले पक्राउ पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष