मानव धर्म समितिद्वारा बाढीपीडितलाई सहयोग

२१ श्रावण २०७०, सोमबार २१:१४ मा प्रकाशित

काठमाडौं, २१ साउन । नेपाल मानव धर्म सेवा समितिले दार्चुलामा क्षेत्रका बाढिपिडीतहरुको सहयोगार्थ २ लाख ११ हजार आर्थिक सहयोग प्रदान गरेको छ । महाकाली बाढिपिडी विपत व्यवस्थापन संघर्ष समितिका अध्यक्ष ललित सिंह बोहरालाई समितिले सो सहयोग रकम हस्तान्तरण गरेको हो । गत असार महिनामा महाकालीनदिमा अचानक आएको बाढीले हजारौ व्यक्तिहरुलाई घरबार विहिन तुल्याइ, धनजनको ठूलो क्षती पु¥याएको थियो ।
रिपोटर्स कलबमा आयोजना गरिएको आर्थिक सहयोग प्रदान कार्र्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले मानव धर्म सेवा समितिले गरेको यो सहयोगले मानव धर्मको मानवता झल्काएको र यसले अरुलाई समेत उत्प्रेरणा दिएको बताए । नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेलले यो सानो सहयोगले दार्चुलावासीको पीडालाई सम्वोधन गर्ने प्रयास गरिएको र सम्पूर्ण नेपालीलाई सहयोगी हात बढाउने प्रेरणा जगाउनेका लागी सहयोग कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्