शिक्षा विभागद्वारा विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण

२९ चैत्र २०६८, बुधबार १८:०८ मा प्रकाशित

काठमाडौ, २९ चैत । शिक्षा विभागले आर्थिक २०६८÷०६९ का लागि मुलुकभरका विद्यालयमा अध्ययनरत विभिन्न समूहका विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गरेको छ । विभागले कक्षा एकदेखि आठसम्म अध्ययन गर्ने १३ लाख ६ हजार ८८ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । विभागको लैङ्गिक समविकास शाखाका उपनिर्देशक दिव्या दवाडीले दलित छात्रवृत्तिअन्तर्गत माध्यमिक तहमा कक्षा ९ र १० मा अध्यनरत ८१ हजार ४४२ जना विद्यार्थीका लागि विद्यालयले कुनै पनि शुल्क नलिने गरी प्रतिविद्यार्थी वार्षिक ५०० रुपैयाँका दरले वितरण गरेको बताउनुभयो । त्यसैगरी छात्रा छात्रवृत्तिअन्तर्गत कक्षा एकदेखि आठसम्म अध्ययनरत ७० जिल्लाका विपन्न पिछडिएका ५० प्रतिशत छात्रा र कर्णाली अञ्चलको हकमा आधारभूत तहदेखि माध्यमिक तहसम्म अध्ययनरत सबै छात्रा गरी २३ लाख ३० हजार ६८० जना छात्रालाई यस वर्षको छात्रा छात्रवृत्ति वितरण गरिएको छ । विभागले माध्यमिक शिक्षा छात्रवृत्ति शीर्षकमा दलित, अपाङ्ग, पिछडिएका ६० हजार छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ । त्यसैगरी विभागले विज्ञान विषयको सामुदायिक उच्च माध्यमिक तह सञ्चालन नभएका कारण अर्को जिल्लामा गएर विज्ञान विषय पढ्ने विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत