फोरमको माग अनेक

२१ श्रावण २०७०, सोमबार १४:५८ मा प्रकाशित

काठमाडौं, २१ साउन । मधेसी जनअधिकार फोरम नेपालको आइतबार बसेको केन्द्रीय समितिको बैठकले आफूहरुले उठाएको माग पूरा भए चुनावमा भाग लिने निर्णय गरेको छ। माग पूरा नभए संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।
फोरमले मधेसमा अहिले कायम १ सय १६ लाई बढाएर १ सय २१ क्षेत्र पुर्‍याउनुपर्ने माग राखेको छ भने आगामी निर्वाचनमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने उसको अडान छ । अघिल्लो संविधानसभामा कायम भएअनुसार नै समानुपातिक निर्वाचन प्रणालीको सिट ५८ प्रतिशत पुर्‍याउन पनि फोरमले माग गरेको छ।
संविधानसभा जनताको प्रतिनिधित्व गर्ने थलो भएकाले मन्त्रिपरिषदबाट मनोनित हुने प्रावधानलाई खारेज गर्नुपर्ने माग पनि फोरमले अघिसारेको छ ।  फोरमले मन्त्रिपरिषद अध्यक्ष खिलाराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्ने अडानलाई कायमै राखेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर