कांग्रेस सभापतिको यस्तो छ भेटघाट कार्यक्रम

२१ श्रावण २०७०, सोमबार १४:४० मा प्रकाशित

काठमाडौं, २१ साउन । औपचारिक भारत भ्रमण क्रममा आइतबार नयाँदिल्ली पुग्नुभएका कांग्रेस सभापति सुशील कोइरालाले आइतबार साँझ पार्टीको भ्रातृ संगठन भारतीय जनसम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गरेका छन्।
सोमबारबाट औपचारिक भेटघाटमा व्यस्त हुनुपर्ने भएकोले सभापति कोइराला पार्टीको भातृनिकायको कार्यक्रममा सरिक हुनुभएको बताइएको छ ।
कोइरालाले आज सोमबार दिउँसो नवनियुक्त भारतीय विदेश सचिव सुजाता सिंहसँग भेट्ने र त्यसपछि ‘सेभेन रेस कोर्स’मा साँझ ५ बजेु भारतीय प्रधानमन्त्री सिंहलाई भेट्ने कार्यक्रम छ। आजै उहाँले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पनि भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।
यसैगरी सभापति कोइरालाले भोली मंगलबार भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई १० जनपथमा र भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई हैदरावाद हाउसमा भेट्ने तय भएको छ । मंगलबार साँझ नै लोकसभामा विपक्षी दलकी नेतृ सुषमा स्वराजसँग भेट्ने कार्यक्रम छ।
यस्तै पर्सी बुधबार लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव र बिहीबार पटनामा बिहारका मुख्यमन्त्री नीतिशकुमारलाई भेट्ने कार्यक्रम निर्धारण भएको छ।
यसैबीच सभापति कोइरालाले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जलि व्यक्त गर्नुभएको छ । कोइरालाका साथमा महामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा दिल्लीस्थित कार्यबाहक राजदूत खगनाथ अधिकारी पनि राजघाट पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो