सञ्चारकर्मीको सुरक्षामा सरकार दृढ रहेको प्रधानमन्त्रीको आश्वासन

२९ चैत्र २०६८, बुधबार १८:०६ मा प्रकाशित

काठमाडौ, २९ चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका आम सञ्चारमाध्यम, सञ्चारगृह र पत्रकारको सुरक्षाका लागि सरकार दृढ रहेको बताउनुभएको छ । झापाका पत्रकार यादव पौडेलको हत्यामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको र हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको विषयमा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगेको नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले पौडेलको हत्यामा संलग्नलाई कारबाही हुने बताउनुभयो । साथै प्रेसमाथिको आक्रमण कुनै पनि हालतमा सह्य र क्षम्य नहुने उहाँको भनाइ छ । त्यसक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले पत्रकार पौडेलको हत्यारालाई सार्वजनिक गर्न सरकारका तर्फबाट ढिलाई भइरहेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस