समाचार प्रकाशनको विषयमा सईद्वारा पत्रकारको ज्यान लिने धम्की

२० श्रावण २०७०, आईतवार २२:२८ मा प्रकाशित

अमित अग्रवाल, वीरगञ्ज, २० साउन । नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकले स्थानीय सचांरकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालयमै धम्की दिएपछि पर्साका पत्रकारहरुले आफूलाई असुरक्षीत महसुस गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष सुरक्षा र दोषीउपर उचित कारवाहीको माग गरेका छन् ।
स्थानीय एक पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर सई विजय यादवले विभिन्न तथानाम गाली गरी आमा र दीदीबहिनीलाई भारतको मुम्बईस्थित कोठीमा लगेर बेचिदिने तथा उठाइने जस्ता शब्दहरुको प्रयोग गर्दै सञ्चारकर्मीलाई धम्क्याएका थिए । पत्रकार सन्तोष मिश्रलाई सई विजय यादवले गोरखापत्रमा काठमाण्डौ सम्वाददाताको रुपमा कार्यरत समाचारदाता भउचप्रसाद यादवमार्फत फोन गर्न लगाएर सई यादवको विरुद्धमा समाचारहरु लेखे कुनै पनि बेला फसाई दिन सक्छ भन्दै यादवविरुद्ध समाचार नलेख्न दबाव दिएका थिए ।
न्याय माग्न गएका पत्रकारहरुलाई प्रनानि यादवले आफ्नो पदीय दायित्व र प्रहरी संगठनको नियमलाई धोती लगाउ“दै जिल्ला प्रहरी कार्यालयमै आएर गुण्डागर्दी शैलीमा पत्रकारहरुलाई गोलि हानिदिने तथा कुनै काण्डमा फसाइदिने जस्ता धम्कीपूर्ण शब्द प्रयोग गरेका थिए । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहस“ग गुनासो गर्दा एस्पी सिंहले गम्भीरताका साथ सुनुवाई नगरेको सम्बन्धित सञ्चारकर्मीहरुको भनाई छ । त्यसपछि घटनाबारे जानकारी गराउन गएका सञ्चारकर्मीहरुको टोलीलाई प्रमुख जिल्ला अधिकारी कैलाश कुमार वजिमयले चाहिँ पर्सेली पत्रकारहरुलाई पूर्ण रुपमा शान्ति सुरक्षाको अनुभूति गराउन आफू प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०