बृजकोर्स, तालिम अवधी, महानिर्देशनालय र छनौट समितिको विवाद निर्मुल गर्न कार्यदल गठन

२९ चैत्र २०६८, बुधबार १८:०४ मा प्रकाशित

काठमाडौ, २९ चैत । सेना समायोजन विशेष समितिले माओवादी लडाकुको समायोजनको क्रममा रहेका विवाद समाधान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । समायोजनको क्रममा रहेको बृज कोर्समा समावेश हुने विषय, तालिम अवधी, समायोजनमा जानेको छनौट गर्ने समिति गठन र  महानिर्देशनालयको संरचना निर्माणको विवादमा सहमति जुटाउन वर्षामान पुन, मिनेन्द्र रिजाल, भीम रावल र जितेन्द्र देव रहेको कार्यदल बैठकले निर्माण गरेको छ ।
कार्यदलले भोली सम्म तीन विषयमा सहमतिको प्रयास गरी पर्सि बस्ने समितिको बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।
शिर्ष नेताहरुसहित बसेको समितिको बैठकमा हिजोको निर्णयको समिक्षा गर्दै त्यसलाई तदारुकताका साथ कार्यान्वयन गर्दै लैजाने सहमति भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस