एनआरएनका अध्यक्ष प्रल्हाद केसी बर्खास्त, केसीद्वारा आफुनै आधिकारिक अध्यक्ष रहेको दावी

२० श्रावण २०७०, आईतवार १९:०२ मा प्रकाशित

भर्जिनिया । विवाद, भ्रष्टाचार र गैर आवाशीय नेपालीहरुको संलग्नता र सहभागिता बिना संचालन हुदै आएको एनआरएन अमेरिका फेरी एक पटक पदका लागि बिबादमा परेको छ । संस्थागत प्रतिनिधित्वको नाउँमा अमेरिकामा बस्ने नेपालीहरुलाई चुन्ने र चुनिने अधिकार बाट बन्चित गरि निश्चित व्यक्तिहरुको भेलाद्वारा पद बाडिदै आएको गैर आवाशीय नेपाली संघ अमेरिका स्थापनाकाल देखिनै बिबद्ग्रस्त रहदै आएको थियो । संघकी प्रवक्ता बनिता कतिलाद्वारा जारी बिज्ञप्तिमा जनाइए अनुसार सभापति प्रल्हाद के सी बहुमत सदस्यको निर्णयबाट बर्खास्त भएको र सभापतिको कार्यभार बरिष्ठ उपाध्यक्ष शिब कुमार रार्इलाई तोकिएको जनाइएको छ । गत बिहिबार अगष्ट १ तारिख बसेको भनिएको बोर्ड बैठकले सभापती प्रल्हाद केसिलाई बोर्डको दुर्इ तिहाइ मतले निस्कासित गरेको दावी गरिएको छ । केसीले एनआरएन युसएलाई ब्यक्तिगत स्वार्थका लागि मनोमानी निर्णय गरी बोर्डलाइ थाहा नदिकन एकल निर्णयहरु बारम्बार गरेको, पटक पटक बोर्डले मिटिङ बोलाउन अनुरोध गर्दा बेवास्ता गरी बोर्डको दुइ तिहाइ अफिसरबाट बोलाईएको मिटिङ्हरुमा समेत अनुपस्थित भइ बोर्डका अफिसरहरुको बेवास्ता गरेको, बिधान बिपरित काम गरी सस्थालाई असर पर्ने कामहरु गरेकोले कानुनी परामर्स लिएर बोर्डको दुइतिहाइ मतले केसिलाई निस्कासन गरिएको संघकी प्रवक्ता बनिता कतिलाले प्रेस बिज्ञप्ति मार्फत दावी गरेकी छिन । केसीलार्इ बर्खास्त गरिएको निर्णयमा बरिष्ठ उपाध्यक्ष शिब कुमार राई, उपाध्यक्ष बृहस्पति लामा, महासचिव उपमा लामा, कोषाध्यक्ष राजेन्द्र सिवाकोटी जन सम्पर्क संयोजक नारायण गुरुङ, संचार संयोजक बनिता कतिलाले हस्ताक्षर गरेका छन् । यता बर्खास्त गरिएका भनिएका सभापति प्रल्हाद के सी ले भने बिज्ञप्ति जारि गरि आफु अझै सभापति भएको दावी गरेका छन् । स्मरण रहोस यस अघि संघका पुर्व अध्यक्ष सुमन तिमिल्सिनालाई संघको २५००० हजार डलर आर्थिक हिना मिना गरेको आरोपमा निष्कासन गरिएको थियो भने एनआरएन अमेरिकाको अहिले सम्मको आर्थिक हिसाब किताव सार्वजनिक गरिएको छैन । गैर आवशीय नेपाली संघको बिधान अनुसार १८० दिन भन्दा बढी देश बाहिर बसेको नेपाली नागरिक संघको सदश्य हुन पाउने विधानको अधिकार कुण्ठित गर्दै संचालन हुदै आएको गैर आवशीय नेपाली संघ अमेरिका नेपालीहरुको साधारण सदश्य हुने अधिकार कुण्ठित गर्दै संचालन गरिएको हुदा हालसम्मको सम्पूर्ण कार्य अबैधानिक रहेको संघका संस्थापकहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न