मंसिरमा नभए कहिल्यै हुँदैन : डा. भट्टराई

२० श्रावण २०७०, आईतवार १३:५९ मा प्रकाशित

काठमाडौं, २० साउन । एमाओवादी नेता भट्टराईले ४ मंसीरको निर्वाचन कुनै हालतमा टार्न र सार्न नहुने बताएका छन् । एमाओवादी भक्तपुर जिल्ला कमिटीले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यसपटक निर्वाचन नभए कहिल्यै पनि नहुने उल्लेख गरे । मंसिर ४ गते निर्वाचन हुँदैन की भन्ने आशङ्का नराख्न आग्रह गर्दै चुनाव मंसिरमै हुने उनले दाबी पनि गरे ।
निर्वाचनमा असहमत रहेका दलहरुसँग उच्चस्तरीय राजनीतिक संयन्त्र पुनर्गठन लगायतका विषयमा छलफल भइरहेको बताउँदै उनले २० साउनसम्ममा असन्तुष्ट दलहरुसँगको छलफल टुङ्गोमा पुग्ने बताए ।
उनले भने, “छलफलका क्रममा जायज र निर्वाचन सफल पार्ने कुनै पनि मागलाई सम्बोधन गरिन्छ तर निर्वाचन भाड्ने उद्देश्यका माग सम्बोधन हुँद्रन ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।