गोर्खा राज्यका लागि दार्जलिंग बन्द, पश्चिम बंगाल सरकारको कडा दमन र धर पकड

१९ श्रावण २०७०, शनिबार १८:२५ मा प्रकाशित

दार्जलिंग, १९ साउन । नेपाली भाषीहरुले दशकौ देखि पुर्बोत्तर भारतको दार्जलिंगलाई अलग्गै राज्यको मान्यता दिन गरेको आन्दोलनको क्रममा शनिबार सांकेतिक दार्जलिंग बन्द आयोजना गरिएको छ । भर्खरै दक्षिण भारतको आन्ध्र प्रदेश बाट अलगिएको घोषणा गर्ने तेलंगानालाई भारतको केन्द्र सरकारले छुट्टै राज्यको मान्यता दिए पछि उपेछित महसुस गरेका पुर्बोत्तर भारतको दार्जलिंग आस पास बस्ने नेपाली भाषीहरुले गोर्खा जनमुक्ति मोर्चाको आव्ह्वानमा शनिबार सांकेतिक दार्जलिंग बन्द गरेका हुन् । शान्तिपूर्ण सांकेतिक बन्द बिरुद्द ममता वनर्जिको पश्चिम बंगाल राज्य सरकारले कडा दमन र धर पकड गरेको छ भने ठुलो संख्यामा पुर्बोत्तर भारतको दार्जलिंग आस पासको क्षेत्रमा सुरक्षा दस्ता तैनाथ गरिएको छ । स्थानिय प्रहरीले शान्तिपूर्ण बन्दकर्ताहरुलाई धरपकड गर्ने क्रममा दर्जनौलाई नियन्त्रणमा लिएको छ । बन्दको प्रभावले दार्जलिंग आस पासको क्षेत्रको सवारी ठप्प रहेको थियो भने, विद्यालय, सैक्षिक संस्थान, उद्योग कल कारखाना पनि बन्द रहेका थिए । आयोजकहरुका अनुसार अलग्गै गोर्खा राज्य घोषणा नभइन्जेल आन्दोलन भिभिन्न रुपमा जारि रहने छ । आन्दोलनका पक्षमा पुर्बोत्तर भारतको दार्जलिंग आस पास बस्ने नेपाली भाषीहरुको अपार जनसमर्थन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी