बी’ डिभिजन छनौटमा ईलामले सुर्खेतलाई भारी गोल अन्तरले हरायो

२९ चैत्र २०६८, बुधबार १७:२९ मा प्रकाशित

काठमाडौ, २९ चैत । गैँडाकोटमा जारी ‘बी’ डिभिजन राष्ट्रिय लिग छनौट अन्र्तगत आजको पहिलो खेलमा ईलाम भारी गोल अन्तरले विजयी भएको छ । सुर्खेतलाई ६—० गोलको फराकिलो अन्तरले हराउँदै ईलाम विजयी भएको हो । गैडाकोटको खेलकुद मैदानमा भएको खेलमा ईलामका अनिल देवानले एक्लै चार गोल गरेको थिए । कबि राई र संगम एल्मो भने एक एक गोलको साझेदारी गरेका थिए । यसैबिच प्रतियोगिता अन्र्तगत आजको दोस्रो खेलमा नवलपरासी र काभ्रे भिड्ने आयोजकले बताएको छ । खेल दिउँसो साढे ३ बजेपछि खेल सुरु हुनेछ । नवलपरासी फुटबल संघको सहकार्य र गैँडाकोट खेलकुद समितिको आयोजनामा चलिरहेकोे प्रतियोगितामा भोलिसम्म चल्नेछ । प्रतियोगितामा विजयी हुने टिमले ‘बी’ डिभिजन राष्ट्रिय लिग खेल्न पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित