कुवेतमा नेपालीको हत्या, बाटो काट्दा दुर्घटनामा परी तीनको मृत्यु

१८ श्रावण २०७०, शुक्रबार ०९:२५ मा प्रकाशित

काठमाडौं, १८ साउन । वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका लालबाबु यादवको हत्या भएको छ । घरेलु कामदारका रुपमा रहेका महोत्तरीका लालबाबु यादवको गत शुक्रबार हत्या भएको बताइएको छ । एकै घरमा काम गर्ने सुडानी नागरिकसँग घरका मालिकहरु नभएको बेला विवाद भएपछि उक्त सुडानीले यादवको हत्या गरेको र प्रहरीले हत्यारालाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको बुझिएको छ ।
यसैबीच कुबेतमै रोजगारीमा रहेका तीन नेपाली कामदारको सडक दुर्घटनामा परी ज्यान गएको छ । कुबेतस्थित नेपाली राजदूतावासले जनाएअनुसार गत मंगलबार राति अरेबियन गल्फ स्ट्रिटको मरिना मलनजिकै बाटो काट्ने क्रममा सवारीले ठक्कर दिँदा तीन नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा मदनपोखरा पाल्पाका विष्णुबहादुर मश्ररंगी, खुदुनाबारी झापाका झरेन्द्रप्रसाद आचार्य, पुरान्धारा दाङका भूपाल ओली हुन् । घटनामा एकजना घाइते भएका छन् । दाङ पुरान्धाराका वीरबहादुर गाहा घाइते भएका हुन् ।
मृत्यु हुने तीनै जना बुधाई गु्रपअन्तर्गत अल एन्जानमा रेस्टुरेन्टमा काम गर्थे । उनीहरू काठमाडौंस्थित रिभर ओभरसिजबाट कुबेत पुगेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।