आपराधिक घटना वृद्धि आत्महत्यामा कमी

१८ श्रावण २०७०, शुक्रबार ०८:०५ मा प्रकाशित

विष्णु सुब्बा, झापा, १८ साउन । झापाको दमक आसपासका क्षेत्रमा आपराधिक गतिविधिहरू बढ्दै गएको देखिएको छ । इलाका प्रहरी कार्यालय दमकले सार्वजनिक गरेको विभिन्न आपराधिक घटनाहरूको तुलनात्मक प्रतिवेदनमा आपराधिक घटना वर्षेनी बढेर गएको देखिएको छ । ‘तीन वर्षको प्रतिवेदनमा वर्षेनी त्यस्ता घटनाहरू वृद्धि भएका छन्,’ कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक राजन अधिकारीले भने, ‘मुद्दा दर्ताको विवरण हेर्दा यस क्षेत्रमा आपराधिक घटना बढेका छन् ।’
कार्यालयको तथ्याङ्कमा ०६७/६८ मा मुद्दा दर्ता एक सय ७१, ०६८/६९ मा एक सय ७३ र गएको आर्थिक वर्ष ०६९/७० मा १ सय ९४ मुद्दा दर्ता भएका छन् । ती दर्ता मुद्दामध्ये ०६७/६८ मा एक सय ६८, ०६८/६९ मा एक सय चार र ०६९/७० मा एक सय ३० मुद्दा फस्र्योट भएको जनाइएको छ । मुद्दाका घटनाहरूमध्ये केही सार्वजनिक अपराधका घटना बढी रहेको पाइएको छ । त्यस्तै झुन्डिएर आत्महत्या, सवारी ज्यान, जबर्जस्ती करणी, लागूऔषधलगायतका घटनाहरू बढी हुने गरेका छन् ।
कार्यालयका अनुसार तीन वर्षको अवधिमा सबैभन्दा बढी रहेको केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा एक सय ११ मुद्दा दर्ता भएको उल्लेख छ । त्यस्तै सवारी ज्यानमा ७३, जबर्जस्ती करणी ३५ घटना भएका छन् । प्रहरीले तीन वर्षको प्रतिवेदनमा अहिलेसम्म कालोबजारी गर्नेउपर एउटा मुद्दा चलाएको देखिएको छ । त्यसैगरी लागूऔषधका घटना ०६७ मा चार, ०६८ मा दई र ०६९ मा १४ रहेका छन् । बहुविवाह तीन वर्षमा १७ वटा दर्ता भएको उल्लेख छ । त्यस्तै तीन वर्षमा बालविवाहको घटना एउटा मात्रै दर्ता भएको थियो ।
‘अधिकांश सार्वजनिक अपराधका घटना बढेका छन्,’ कार्यालय प्रमुख डीएसपी अधिकारीले भने । त्यस्तै प्रहरीले तीन वर्षमा एउटा मात्र जुवासम्बन्धी मुद्दा चलाएको छ भने अप्राकृतिक मैथुन, कुटपिट, अङ्गभङ्ग एक/एकवटा मुद्दा चलाएको उल्लेख छ । ‘धेरै मुद्दा फस्र्योट भएका छन्,’ डीएसपी अधिकारीले भने, ‘प्रहरीले सबै घटनाको अनुसन्धान पुर्‍याएर मात्र मुद्दाका प्रक्रियामा जान्छौँ ।’
तीन वर्षको प्रहरीको प्रतिवेदनमा दमक आसपासमा आत्महत्याका घटनादर भने घटेको देखिएको छ । तीन वर्षमा पछिल्लो वर्षमा आत्महत्याको घटनामा कमी आएको पाइएको छ । प्रहरीले तीन वर्षमा ०६७ देखि २०६९ सालभरिका आत्महत्याका घटनामा कमी आएको जनाएको छ ।
०६७ मा ३४, ०६९ मा ३५ र ०६९ मा २६ वटा आत्महत्यामध्ये झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या सो रहेको प्रहरीको तथ्याङ्कमा छ । त्यसैगरी भवितव्य ज्यानसम्बन्धी घटनामा ०६७ मा १४, ०६८ मा १८ र ०६९ मा १३ रहेको छ । विष सेवन गरी आत्महत्या गर्ने घटना ०६७ मा आठ, ०६८ मा सात र ०६९ मा ६ जना रहेका छन् । त्यस्तै आगो लगाएर आत्महत्या गर्ने तीन वर्षमा दुई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका