सभामुखद्धारा जेठ १४ सम्म राजधानी बाहिर नजाने घोषणा

२९ चैत्र २०६८, बुधबार १७:२८ मा प्रकाशित

काठमाडौ, २९ चैत । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान जारीगर्ने म्याद घटदै गएको भन्दै जेठ १४ सम्म राजधानी बाहिर जाने कार्यक्रम स्थगित गर्नु भएको छ । यसक्रममा उहाँले संखुवासभामा किराँत समूदायका पहिलो राजा यलम्बरको अहिले सम्मकै अग्लो प्रतिमा उदघाटन गर्न जाने कार्यक्रम स्थगित गर्नुभएको हो । अन्य नेतालाइ राजधानी नछाड्न आग्रह गरेर आफै राजधानी बाहिरका कार्यक्रममा व्यस्त भएको आरोप लागेपछि नेम्वाङले राजधानी बाहिर नजाने घोषणा गर्नुभएको हो ।
यसैवीच सभामुख नेम्वाङले सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रीतगर्न राजनीतिक दलहरुसंग आग्रह गर्नुभएको छ । यसअघि विबादमा रहेको लडाकू र हतियार व्यवस्थापनको काम समेत टुंगिएकोले अब संविधान निर्माणमा केन्द्रीत हुन उहाँले आग्रह गर्नुभयो । तोकिएको समयमै महिला मैत्री संविधान बनाउन दवाव दिने उदेश्यले गएको महिला सभासद समूह ककसको प्रतिनिधि मण्डलसंगको भेटमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणका लागि आधार तयार भएकोले अबको सम्पूर्ण ध्यान त्यसमा केन्द्रीत गर्नुपर्ने बताउनु भएको हो । संविधान जारी गर्नकाल लागि डेढ महिनाको समय बाकी रहेको स्मरणगर्दै उहाँले अव संवैधानिक समिति र विवाद समाधान उपसमितिका बैठक नियमित बस्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।