निर्वाचन आयोगद्वारा निर्वाचन तालिका सार्वजनिक

१८ श्रावण २०७०, शुक्रबार ०७:१७ मा प्रकाशित

काठमाडौं, १८ साउन । मंसिर ४ मा चुनाव हुने या नहुने विषयमा बहस जारी छन्, अन्योल कायम छ, तर निर्वाचन आयोगले भने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ आगामी १० देखि १८ कात्तिकसम्मको समयतालिका निर्धारण गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको अलगअलग उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उमेदवारलाई १८ असोजमा निर्वाचन चिह्न प्रदान गरिने जनाएको छ ।
आयोगले बिहीबार प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ असोजदेखि २३ कात्तिकसम्मको सयम निर्धारण गरेको छ भने प्रत्यक्षतर्फ निर्वाचनमा उम्मेदवार बन्न मनोनयनपत्र दर्ताका लागि १० असोजको समय तोकिएको छ । मनोनयन दर्ता गरेका उम्मेदवारको आवश्यक छानबिनपछि १७ असोजमा अन्तिम नामावली प्रकाशन गरिनेछ भने १८ असोजमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने समय निर्धारण गरिएको छ । समानुपातिकतर्फ भने समानुपातिक निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले मनोनयनपत्र दर्ता गर्ने समय ७ असोजमा तोकिएको छ । सोअनुसार आयोगले २३ कात्तिकमा उम्मेदवारको बन्दसूचीको अन्तिम रूपमा प्रकाशन गर्नेछ ।
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फको निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ । दुवैतर्फको उम्मेदवार मनोनयन पत्र दर्ताका लागि तोकिएको दिनको बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि भने बिहान ७ देखि बेलुका ५ बजेसम्मको समय तय गरिएको छ ।
प्रत्यक्षतर्फको उमेदवारको मनोनयनत्र दर्ता भएको सूची प्रकाशन ११ असोजमा गरिनेछ । निर्वाचनमा भाग लिने उम्मेदवारउपर १२ असोजमा दाबीविरोध दिन सकिनेछ । मनोनयनपत्र र उम्मेदवारउपर परेको उजुरी जाँचबुझ गरी निर्णय गर्न १३ असोजको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उमेदवार नामावली प्रकाशन गर्ने समयलाई १४ असोजमा तोकेको छ । यस्तै, उमेदवारी फिर्ता लिने समय १५ असोजका लागि तय गरिएको छ । उमेदवारको अन्तिम नामावली १७ असोजमा प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्