आयल निगमद्वारा तेल अभाव हुने चेतावनी

१८ श्रावण २०७०, शुक्रबार ०७:१३ मा प्रकाशित

काठमाडौं, १८ साउन । सरकारले वैकल्पिक विकल्प नदिएमा केही दिनभित्रै तेल अभाव सुरु हुने नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ महँगिएकाले निगमको घाटा उच्च बन्न पुगेको र मासिक घाटा चुलिएर १ अर्ब नाघेको उल्लेख गर्दै भारतीय आयल कर्पोरेसनले (आईओसी)ले १ अगस्टमा नयाँ मूल्य सूचि पठाएको र नयाँ मूल्यले निगमलाई थप संकटमा पार्ने निगमले जनाएको छ । 
आइओसीको नयाँ मूल्यअनुसार निगमको मासिक घाटा एक्कासि बढेर १ अर्ब १५ करोड पुगेको छ । यस्तो परिवेशमा निगमसँग प्रर्याप्त भण्डारण नभएकाले नोक्सानी हुने बितिकै आपूतिर्मा समस्या हुने देखिएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोलमा प्रतिलिटर ९० पैसा घाटा भएको छ । मुलुकमा धेरै खपत हुने डिजेलको नोक्सानी बढेर एक लिटरमा ९ रुपैयाँ ३१ पैसा पुगेको छ । अघिल्लो महिना यसको नोक्सानी ८ रुपैयाँ ७९ पैसा थियो । मट्टीतेलको नाफा घटेर एक लिटरमा ६ रुपैयाँ ५४ पैसामा झरेको निगमले जनाएको छ । निगमका अनुसार एक सिलिन्डर ग्याँसमा ५ सय २३ रुपैयाँ ७३ पैसा नोक्सानी छ ।
अघिल्लो महिना ग्यासमा ४ सय ४५ रुपैयाँ ६७ पैसा नोक्सानी थियो । हवाई इन्धनको नाफा पनि खुम्चिएर एक लिटरमा १७ रुपैयाँ ९१ पैसामा सिमित भएको छ । अघिल्लो महिना एक लिटर हवाई इन्धनमा २२ रुपैयाँ ८४ पैसा नाफा थियो । सरकारले मूल्य बढाउने वा अनुदान दिने दुई विकल्पमा ढिला गरे पेट्रोलियम पदार्थ ल्याउन कठिन हुने बताइएको छ । सरकारले वैकल्पिक विकल्प नदिएमा केही दिनभित्रै तेल अभाव सुरु हुने निगम स्रोतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो